मुख्य समाचार

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । गृहमन्त्रालयले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ का लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी प्रेमबहादुर विकको जाहेरीले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी रहेका महतोलाई पक्राउ गरी कारबाही गर्न उपप्रधानमन्त्री एवम गृहमन्त्री रवि लामिछानेबाट पटकपटक मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै पक्राउका लागि निर्देशन दिएको हो ।

Advertisement

“निज प्रतिवादीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारवाही अघि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्येहोरा अनुरोध छ”, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।