मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

रवि लामिछानेको नागरिकता विवाद संविधानको मर्मअनुसार उदार भएर हेर्न आग्रह

रवि लामिछानेको नागरिकता विवाद संविधानको मर्मअनुसार उदार भएर हेर्न आग्रह

शेयर गर्नुहोस:

12.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशीले राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा सांसद् रवि लामिछानेको नेपाली नागरिकता विवादलाई नेपाल अधिराज्यको संविधानमा भएको मर्मअनुसार उदार भएर हेर्न आग्रह गरेका छन् । 
 
नेपालको संविधान र कानुनमा विदेशमा बस्दा त्यहाँ लिएको नागरिकता त्यागेपछि भइरहेको नेपाली नागरिकता कायम हुने उल्लेख भएको हुँदा यसको मर्मअनुसार यो विषयलाई हेर्नुपर्छ भन्ने मलाई लाग्छ जोशीले भनेका छन् । हालै सम्पन्न चुनावमा रवि लामिछानेले अत्याधिक मतसहित चुनाव जितेका थिए । यो चुनावको क्रममा रविको नागरिकता विवाद आएको थियो । 
 
रविले अमेरिका बस्दा अमेरिकी नागरिकता लिएका थिए । नेपाल फर्किएपछि उक्त नागरिकता त्यागेका थिए । महासचिव जोशीले चुनाव सकिएलगत्तै सांसद् रविसँगै जोडिएर आएको नागरिकता विवाद उनको मात्र होइन, विदेशमा बस्ने हज्जारौँ नेपालीसँग जोडिएको बताएका छन् । 
 
एनआरएनएको मुख्य माग नेपाली नागरिकताको निरन्तरता नै हो भन्दै जोशीले एनआरएनए यसका लागि पहल गरी नै रहनेसमेत बताएका छन् । 
 
नागरिकताको विषय उठाएर विदेशमा बस्ने नेपालीको राष्ट्रियता, नेपाल राष्ट्रप्रतिको मायालाई कम मूल्यांकन गर्दा विदेशमा रहेका ५० लाख नेपालीको भावनासँग खेलबाड पनि हुन्छ जोशीले भनेका छन् ।