मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

समानुपातिकमा एमाले बन्यो पहिलो पार्टी, एकीकृत समाजवादी राष्ट्रिय दल बन्न सकेन

समानुपातिकमा एमाले बन्यो पहिलो पार्टी, एकीकृत समाजवादी राष्ट्रिय दल बन्न सकेन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ मंगलबार बेलुकी ५ः३० बजेसम्म एक करोड पाँच लाख ६० हजार ६७ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । बाजुरा जिल्लाको समानुपातिक तर्फको मतगणना कार्य जारी छ । 
 
समानुपातिकमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको छ । एमालेले समानुपातिकमा ३४ सिट पाउने भएको छ । यस्तै, २७ लाख १५ हजार २२५ समानुपातिक मत पाएको कांग्रेसले ३३ सिट पाउने निश्चित भएको छ । 
 
यस्तै ११ लाख ७५ हजार ६८४ मत पाउँदा समानुपातिकमा माओवादी केन्द्रले १४ सिट, ११ लाख ३० हजार ३३४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, ५ लाख ८८ हजार ८४९ मत पाउँदा राप्रपाले ७ सिट, ४ लाख २१ हजार ३१३ मत पाएर जनता समाजवादी पार्टीले ५ सिट र ३ लाख ९४ हजार ६५५ मत पाई जनमत पार्टीले ४ सिट पाउने भएको हो । दोलखाको मतगणनाअघि रास्वपाले १४ र जनमत पार्टीले ५ सिट पाउने देखिएको थियो भने एमालेले ३३ र कांग्रेसले ३२ सिट पाउने देखिएको थियो । 
 
मतगणना जारी रहे पनि दलहरुले हालसम्मको अवस्थामा पाउने सिट संख्यामा तलमाथि नहुने निर्वाचन आयोगले जनाएको छ । 
 
नेकपा (एकीकृत समाजवादी) पार्टीले अझै तीन प्रतिशत मत प्राप्त गर्न सकेको छैन । एसले दुई लाख ९६ हजार ५७१ मत पाएको छ । जबकि उसले ३ लाख १६ हजार ८०२ मत प्राप्त गर्न सकेको भए समानुपातिकमा चार सिट पक्का गर्नुको साथै राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने थियो । यस्तै, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७७२ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेको छ । 
 
यस्तै, प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले छ लाख ६५ हजार चार सय ६०, कांग्रेसले पाँच लाख ६२ हजार नौ सय ५६, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९८ हजार पाँच सय ११,माओवादी केन्द्रले एक लाख ८१ हजार दुई सय ४५  र जनता समाजवादी पार्टी, नेपालले ६१ हजार सात सय २३ मत प्राप्त गरेका छन् ।
 
मधेस प्रदेशमा कांग्रेसले चार लाख एक सय ४४, एमालेले तीन लाख ५१ हजार सात सय ६८, जनता समाजवादी पार्टी नेपालले दुई लाख ९८ हजार सात सय ७४, जनमत पार्टीले तीन लाख २९ हजार एक सय ७७ र माओवादी केन्द्रले एक लाख ८० हजार आठ सय ६० मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) एक लाख १३ हजार नौ सय १५ मत प्राप्त गरेका छन् । 
 
बाग्मती प्रदेशमा एमालेले पाँच लाख ६२ हजार छ सय ७५, कांग्रेसले चार लाख ७१ हजार नौ सय ६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७२ हजार ८९, माओवादी केन्द्रले दुई लाख ७० हजार तीन सय ७२ र नेपाल मजदूर किसान पार्टीले ६८ हजार छ सय ५४  मत प्राप्त गरेका छन् । 
 
गण्डकी प्रदेशमा एमालेले तीन लाख ६७ हजार नौ सय ८९, कांग्रेसले तीन लाख ४९ हजार छ सय २८, माओवादी केन्द्रले एक लाख १६ हजार नौ सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५९ हजार चार सय ८३ र नेकपा (एकीकृत समाजवादी)ले १५ हजार ७६ मत प्राप्त गरेका छन् ।
 
लुम्बिनी प्रदेशमा एमालेले पाँच लाख ७० हजार नौ सय, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादी केन्द्रले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१ मत प्राप्त गरेका छन् ।
 
कर्णाली प्रदेशमा एमालले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६, माआवादी केन्द्रले  एक लाख ३७ हजार छ सय २९, नेकपा (एकीकृत समाजवादी) ले ३५ हजार आठ सय २६, राप्रपाले २५  हजार १८६, नेकपा (एकीकृत समाजवादी) ३५ हजार, आठ सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ६०६ र नेपाल मजदूर किसान पार्टी आठ हजार नौ सय ९३ मत प्राप्त गरेका छन् ।
 
सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख ६३ हजार १७, कांग्रेसले दुई लाख ५८ हजार आठ सय २७, माओवादी केन्द्रले  एक लाख २० हजार एक सय ५९, राप्रपाले ४३ हजार एक ४२ र नागरिक उन्मुक्ति पार्टीले ९८ हजार पाँच सय ५७ मत प्राप्त गरेका छन् ।