आमनिर्वाचन–२०७९ सकियो । प्राप्त नतिजामा केही जित्नैपर्नेले जितेका छन, केही जित्नै नहुनेले पनि जितेका छन् । केही हार्नै नहुनेहरु हारे, केही हार्नैपर्नेहरु पनि जितेर आए । निर्वाचनबाट जसरी कुनै पनि पार्टीले बहुमत ल्याउन सकेन त्यसैगरी मान्छेहरुमा आशा, निराशा, चुनौती, सम्भावनाका बारेमा चर्चा–परिचर्चा पनि अलग–अलग धारबाट चलिरहेको छ । कुन–कुन पार्टीको गठबन्धन होला ? पुरानो गठबन्धन टुट्ला कि त्यही कायम रहला ? अबको सरकार कसले बनाउला ? सरकारको नेतृत्व कसले गर्ला ? राजनीतिमा चासो राख्ने हरेकको मस्तिष्कमा यही कुरा चलेको छ ।
२०७४ को निर्वाचनमा बहुमतनजिक पुगेको नेकपा (एमाले)ले यसपटक बहुमत ल्याउने घोषणा गरेको थियो । तर, पाँच दलीय गठबन्धन बनाएर एमाले सिध्याउन र ९–१० सिटमा सीमित गराउने रणनीति बनाएकाहरुसँग प्रतिस्पर्धा गरेर बहुमत हासिल गर्न एमालेलाई त्यति सहज थिएन । र, भएन पनि । ८० बाट ४४ सिटमा सीमित भयो । समानुपातिकतर्फ भने पहिलो पार्टी बन्यो । यो विरोधीहरुका लागि चुनौती नै हो ।
दुईतिहाइ बहुमत ल्याउने सपना देखेको पाँच दलीय गठबन्धनले झिनो बहुमत पनि ल्याउन सकेन । गठबन्धनको आड लिएर नेपाली काँग्रेसले राम्रै फाइदा लियो । ५७ सिट जितेर प्रत्यक्षतर्फ ठूलो पार्टी बन्न सफल भयो, तर समानुपातिकमा दोस्रो बन्यो । आफूले जित्नभन्दा पनि एमालेलाई हराउन उद्यत पार्टीहरु आफैँ उत्तानो परे । नेपाली काँग्रेसलाई ठूलो पार्टी बनाउनेबाहेक गठबन्धनका अरु दलले खासै उपलब्धि हासिल गर्न सकेनन् । नेकपा माओवादी केन्द्र ३६ बाट १८ मा खुम्चियो । कांग्रेस र माओवादीको आडमा १० सिट हासिल गरेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समानुपातिकतर्फ ३ लाख मत ल्याउनमात्रै नसकेको होइन, राष्ट्रिय पार्टीसमेत बन्न सकेन । राष्ट्रिय पार्टी नबनेपछि जितेको १० सांसद् पनि स्वतन्त्रको हैसियतमा पुग्नेछन् । विगतका दिनमा गठबन्धनमा रहेको उपेन्द्र यादवको जनता समाजवादी पार्टीले एमालेसँग टाँसिएर ७ सिटको जित हासिल गरेको छ भने महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धनसँग जोडिएर ४ सिट हात पारेको छ ।
यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राम्रै प्रगति ग¥यो । एक सिटबाट सात सिट पु¥यायो । विगतका दिनमा परिवर्तनको अनुभूति गर्न नसकेका जनताले यसपटक केही नयाँ दल र नयाँ अनुहारलाई संसद्मा पु¥याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सेलिब्रेटी रवि लामिछानेको आडमा यसपालि उल्लेख्य सफलता हासिल गरेको छ । प्रत्यक्षमा सात सिट र समानुपातिकतर्फ १३ सिट ल्याएको छ । विचार, सिद्धान्त र नीतिबिनाको उक्त पार्टीका लागि आगामी दिन चुनौतीपूर्ण छन् । त्यस्तै गरी, मधेशमा सिके राउतको जनमत पार्टीले १ सिट जिते पनि राष्ट्रिय पार्टी बन्न सफल भएको छ । त्यस्तै गरी, कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पनि ३ सिट हासिल गरेको छ । पहिलोपटक राष्ट्रिय पार्टी बनेर होस् या स्वतन्त्ररुपमा संसद्मा जाँदै गरेका पार्टी र व्यक्तिहरु कसरी अगाडि बढ्छन् ? हेर्न बाँकी छ । बोल्न र भाषण गर्नभन्दा गरी पु¥याउन धेरै गाह्रो छ । पुराना दलले आफूलाई सुधारेनन् भने यी र अरु नयाँ पार्टीले फेरि पनि अवसर पाउन सक्छन् । नत्र भने यिनीहरु सरकार फेरबदलका लागि किनबेचका वस्तुमात्रै बन्नेछन् ।
कसैको पनि स्पष्ट बहुमत नआएको वर्तमानमा अब बन्ने सरकारको नेतृत्वमा कुन–कुन पार्टीको गठबन्धन हुन्छ, त्यसले केही पार्टीको भाग्य र भविष्यको फैसला गर्छ । यदि नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने हो र देश, जनता अनि गणतन्त्रका लागि इमानदार भएर काम गर्ने हो भने आगामी पाँच वर्षपछि यी दुई दलबाहेक अरुको अस्तित्व समाप्त हुने निश्चित छ । एकथरी मान्छेहरु यही कुराको वकालत गर्दैछन् । जसरी लोकतन्त्र र गणतन्त्र ल्याउन कांग्रेस र एमाले एक ठाउँमा भए त्यसरी नै यसलाई जोगाउन र विकास गर्न पाँच वर्ष एक ठाउँमा बसेर काम गर्नुपर्छ ।
अर्काथरी मान्छेहरु जो वाम राजनीतिमा आस्था र विश्वास राख्छन्, उनीहरु वामपन्थी शक्ति एक ठाउँमा रहेर राष्ट्रवादी शक्तिहरुलाई साथमा लिएर सरकार बनाउनुपर्ने विचार व्यक्त गर्दछन् । यदि यस्तो गठबन्धन बन्ने हो र इमानदारीपूर्वक काम गर्ने हो भने आगामी निर्वाचनमा नेपाली कांग्रेस समाप्त हुने उनीहरुको तर्क छ । हेर्दा र सुन्दा दुवैथरीका तर्क आआफ्नो ठाउँमा ठीक होलान्, तर सरकार बनाउने साँचो नेपालमा नभएको कुरा पनि व्यापक छ । हावा नचली पात हल्लिँदैन । तथ्यहरुले पनि त्यही कुराको पुष्टि गरिरहेका छन् ।
विगतका दिनमा नेपालमा ओली सरकारले गरेका कामबाट अत्तालिएका राजनीतिक दल र केही नेताहरुलाई भारतले कसरी प्रयोग ग¥यो भन्ने कुराले अबको सरकार बनाउने कुरामा अर्थ राख्दछ । भारतले हड्पेको नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटेर नेपालको नक्सा प्रकाशित गर्नु नै ओली सरकार गिराउने मुख्य कारण थियो भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ । छिमेकी राष्ट्र भएर जहिले पनि छिमेकी राष्ट्रको साँध–सिमाना मिच्न पल्केको भारतविरोधी ‘सेन्टिमेन्ट’लाई क्यास गरेर ओलीले जुन प्रस्ताव सदनमा पेश गरे, त्यतिबेला त्यसको विरोध गर्ने आँट कसैले गर्न सकेनन् । भित्री मनमा भारत चिढाउने मन नभएका केही राजनीतिक दल र भारतको कृपामा बाँचेका नेताहरुले मुख फोर्न सकेनन् । प्रस्ताव एक मतले पास गरे । नक्सा प्रकाशित भयो । अनि भयो खेल सुरू ।
भारतले नाकाबन्दीको डटेर सामना गरेका ओलीलाई केही भन्न सकेन, तर उसका आफ्ना आसेपासे र भरौटेहरुलाई राम्रैसँग झपा¥यो । हाम्राहरु ‘गल्ती भयो प्रभु’ भनेर लम्पसार परे । गल्ती सुधार्न जेजस्तो हर्कत गर्न पनि पछि नपर्ने बचन भारतलाई दिएको पोल बिस्तारै खुल्दैछ । नेपालमा दसतिर फर्केका, अनेक विचार बोकेका पार्टीहरुलाई एक ठाउँमा गठबन्धन गराउने काम भारतले ग¥यो । गठबन्धनको मुख्य काम ओली हटाउने, एमाले सिध्याउने थियो । त्यसका लागि के–कस्ता हर्कतहरु भए ? कस्ता–कस्ता सेटिङ भए ? कस्ता–कस्ता अध्यादेश ल्याइए ? अन्तमा परमादेशबाट एमालेको सरकार गिराउँदै गठबन्धनको सरकार बनाइयो ।
स्थानीय निर्वाचनको परिणामबाट एमालेलाई सिध्याउन नसकिने ठहरपछि भारतले अर्को तुरूप फाल्यो, नागरिकता विधेयक । जहाँ विदेशी नागरिकले नेपाली नागरिकसँग विवाह गरेको सात दिनभित्र नागरिकता पाउने जुन विधेयक जस्ताको तस्तै पास भएको भए बिस्तारै नेपाल सिक्किम बन्ने पक्का थियो । नेपाली लेण्डुप दोर्जेहरु त्यही विधेयक पास गराउन ज्यान छोडेर लागिपरे । त्यसलाई पनि सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिम मोलेर रोकिदिनुभयो । यसका लागि नेपालीले राष्ट्रपतिलाई धन्यवाद दिनुपर्छ ।
फेरि पनि चलखेल जारी छ । भारतीय राजदूत पुरानो गठबन्धनलाई बलियो बनाउन र उसकै सरकार बनाउन लागिपरेका छन् र भेटघाटमा व्यस्त छन् । गठबन्धनका दलहरुलाई बहुमत पु¥याउन चाहिने सांसद् किनेर भए पनि सरकार बनाएर आफ्नो स्वार्थ पूरा गर्ने दाउमा भारत लागेको छ । नेपाली जनताको चाहनाले सरकार बन्दैन । हामी रवि लामिछानेहरुले जितेकोमा दङ्ग छौँ ! खुसी मनाइरहेका छौँ । सवाल व्यक्तिको जितसँगको हैन । हाम्रो राष्ट्रियताले जित्छ कि हार्छ ? हाम्रो स्वाभिमानले जित्छ कि हार्छ ? हाम्रा पार्टी र नेताहरु कसको पक्षमा लाग्लान् ? सवाल अस्तित्व रक्षाको हो । हाम्रो गुमेको भूमिको हो । नागरिकता विधेयकको हो ।
पार्टीको मात्र कुरा हैन, व्यक्तिकेन्द्रित कुरा पनि चलेका छन् । अबको प्रधानमन्त्री को बन्ला ? गठबन्धनलाई फुटाउन सकेको खण्डमा केपी ओली वा ओलीले चाहेको व्यक्ति यो मुलुकको प्रधानमन्त्री बन्छ भन्नेहरुको पनि यहाँ कमी छैन । नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो भने कांग्रेसभित्रै रडाको छ ! शेरबहादुर देउवा, रामचन्द्र पौडेल, गगन थापा, प्रकाशमान सिंह, शेखर कोइराला कसको पल्ला भारी हुने हो ? देउवा कमजोर भएको खण्डमा पुष्पकमल दाहाललाई नेतृत्व सुम्पन सक्ने कुरा पनि हुन सक्छ । माधवकुमार नेपालले के पाउने ? बहुमत पु¥याउन खोजिने पार्टी वा सांसद्ले के पाउने ? नेपालीमा एउटा उखान छ– ‘सौताको रिसले पोइको काखमा मुत्ने !’ दलहरु उपयुक्त पात्रको खोजी गर्दागर्दै राजेन्द्र लिङ्देल, रवि लामिछाने, सिके राउतको हातमा नेतृत्व जाने चर्चा पनि बजारमा चल्दैछ । जो जसका बारेमा भए पनि घरभित्र कुरा चल्नु नराम्रो होइन । तर हाम्रा त कुरामात्रै हुन्, आदेश त उतैको चल्छ !
प्रतिक्रिया