मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

समानुपातिकतर्फ ८० प्रतिशत मतगणना : एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो

समानुपातिकतर्फ ८० प्रतिशत मतगणना : एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको ८० प्रतिशत मतगणना सम्पन्न भइसकेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरूवातदेखि नै अग्रता कायम गरिररहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस ५३ सिटका साथ अग्रस्थानमा छ । 

निर्वाचन आयोगको तथ्याङ्कअनुसार आइतबार ११ः३० बजेसम्म एमालेले २४ लाख ५९ हजार १८८ मत प्राप्त गरेको छ । कांग्रेसले २३ लाख ४१ हजार ९१५ मत, नेकपा (माओवादी केन्द्र)ले १० लाख २९ हजार २८७ मत र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख १३ हजार २६४ मत प्राप्त गरेको छ । 
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३३ हजार ६४२, जनता समाजवादी पार्टीले ३ लाख ८ हजार ६७०, जनमत पार्टीले २ लाख ४२ हजार ८९१, नेकपा (एकीकृत समाजवादी)ले २ लाख ४१ हजार ८५७, नागरिक उन्मुक्ति पार्टीले २ लाख ३३ हजार ७७२ र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २४ हजार ११ मत प्राप्त गरेको छ । 
प्रदेश नं १ को प्रदेशसभातर्फ पनि एमाले अगाडि देखिएको छ । एमालेले ५ लाख १ हजार ९६७ मत प्राप्त गरेको छ । कांग्रेसले ४ लाख २९ हजार ९६०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ५६ हजार१९३, माओवादी केन्द्रले १ लाख ४६ हजार ५६७, जनता समाजवादी पार्टीले ५० हजार ३५१ र एकीकृत समाजवादीले ४५ हजार ९९८ मत प्राप्त गरेको छ । 
मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि नै छ । मधेसमा कांग्रेसले ३ लाख १ हजार ४८० मत पाउँदा एमालेले २ लाख ५९ हजार ४३३, जसपा नेपालले २ लाख १० हजार ९०७, जनमत पार्टीले २ लाख ७४५, माओवादी केन्द्रले १ लाख २२ हजार ४३, एकीकृत समाजवादीले ८६ हजार ७०३, लोसपाले ७३ हजार ९८६ र ५१ हजार ६८ मत प्राप्त गरेको छ । 
बागमती प्रदेशसभामा एमाले ४ लाख ३८ हजार ४७२ मतसहित अगाडि छ । कांग्रेसले ३ लाख ७६ हजार ७०१, राप्रपाले २ लाख ३८ हजार ६९६, माओवादी केन्द्रले २ लाख १५ हजार ८३४, नेपाल मजदुर किसान पार्टीले ६४ हजार ३०० मत प्राप्त गरेको छ । 
गण्डकी प्रदेशसभामा एमालेले ३ लाख ४० हजार ५३३ मत पाएको छ । कांग्रेसले ३ लाख १७ हजार ५९६, माओवादी केन्द्रले १ लाख १५ हजार ३६६ र राप्रपाले ५७ हजार ५३ प्राप्त गरेको छ । 
लुम्बिनी प्रदेशसभामा एमालेले ५ लाख २ हजार ३२५, कांग्रेसले ४ लाख ४१ हजार ६५९, माओवादी केन्द्रले १ लाख ७४ हजार ५९०, राप्रपाले १ लाख १३ हजार ४१९, नागरिक उन्मुक्ति पार्टीले ८९ हजार ८०९, जनमत पार्टी ६१ हजार ९६७ र जनता समाजवादी पार्टीले ५८ हजार ५५९ मत पाएका छन् । 

कर्णाली प्रदेशमा पनि एमाले अगाडि छ । एमालेले १ लाख ८३, हजार ९५०, कांग्रेसले १ लाख ७० हजार ७५६, माओवादीले १ लाख ३७ हजार ६२९ मत पाउँदा एकीकृत समाजवादीले ३५ हजार ८२६ मत प्राप्त गरेको छ । 
 
सुदूरपश्चिम प्रदेशसभामा एमालेले २ लाख ४० हजार ४८२, कांग्रेसले २ लाख २६ हजार ३६९, माओवादी केन्द्रले १ लाख ८ हजार २९६, नागरिक उन्मुक्ति पार्टीले ६० हजार ३६ र एकीकृत समाजवादीले ३९ हजार ७७९ मत प्राप्त गरेको छ ।