मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मेरो प्रत्येक कदम राष्ट्रसेवाका लागि हुनेछ : डा. विश्वनाथ पौडेल

मेरो प्रत्येक कदम राष्ट्रसेवाका लागि हुनेछ : डा. विश्वनाथ पौडेल

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । बाम–लोकतान्त्रिक गठबनधनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उमेदवार डा. विश्वनाथ पौडेलले चितवन–१ का मतदाताले देखाएको सद्भाव, हौसला र आशीर्वादप्रति आभार प्रकट गरेका छन् । उनले समय सीमाका कारण हरेक मतदाताको घरघरमा आएर मत माग्न नसकेकोमा क्षमाप्रार्थी रहेको जनाएका छन् । 
आसन्न मंसिर ४ गतेको आमनिर्वाचनका लागि चुनावी प्रचारप्रसार अन्तिम चरणमा पुग्दै गर्दा सबैै आमाबुबा, दाजुभाइ, दिदीबहिनीसँग भेट गर्न नसकेकोमा उनले क्षमा माग्दै संयुक्त गठबन्धनका साथीहरुमार्फत आफूलाई अमूल्य मत प्रकट गरिदिन आग्रह गरेका छन् । 
उनले समय पावन्दीका कारण सबै मतदाताको घरदैलोमा उपस्थित हुन नसकेकोप्रति अपिल जारी गर्दै भनेका छन्, ‘मेरो प्रत्येक कदम यस राष्ट्रसेवाका लागि हुनेछ । गरिब दीनदुःखीको सेवाका लागि हुनेछ । पूर्वी चितवनको विकासका लागि हुनेछ । पूर्वी चितवनवासीले प्रत्यक्ष देख्न र अनुभव गर्नसक्ने दीगो विकासका लागि हुनेछ ।’ उनले वीपी कोइरालाले परिकल्पना गरेकोजस्तै समग्र राष्ट्रको समृद्धि बढाउन र असमानता कम गर्नका लागि हुने आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
उनले सहरहरुबीचको दूरी र लागत घटाउन शक्तिखोरदेखि मझिमटार सुरूङमार्ग आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । यस्तै, पूर्वी चितवनका मुख्य खोलाहरुमा सुरू गरिएको तटबन्धका कार्यहरु सम्पन्न गरी सो भेगलाई प्राकृतिक प्रकोपको सम्भावित जोखिमबाट जोगाउने आफ्नो ध्यय रहने पनि अपिलमा उल्लेख गरेका छन् । 
विद्यालयहरुमा स्रोतसाधनको व्यवस्था गरी गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्ने, सिँचाइ योजनामा बाह्रै महिना पानी आउने व्यवस्था मिलाइ कृषि उत्पादकत्व बढाउन जोड दिने, खैरहनी र राप्तीमा समेत ठूला अस्पताल निर्माणमा पहल गर्ने, थारु, चेपाङलगायत स्थानीय भाषा संस्कृतिको संवद्र्धन गर्ने, पर्यटन विकास र पर्यटन रक्षामा जोड दिने प्रतिबद्धता जनाएका छन् ।
चुनावी अभियानको अन्तिम दिन घरदैलो सम्पन्न गरेका उनलाई थुप्रै सामाजिक संघसंस्था, आमा समूह, महिला समूह, आदिवासी, जनजाति, विपन्न सबै महानुभावले अग्रिम जितको शुभकामना व्यक्त गरेका थिए । लोकतन्त्रको रक्षा, पूर्वाधार विकास, पर्यापर्यटन र निकुञ्जको समस्या, भूमिहीन नागरिकको समस्या र समग्र पूर्वीचितवनलाई नयाँ आयाम दिनका लागि चुनावअघि र पछि सधैँ आफू घरदैलोमै उपस्थित भइरहने उनले वाचा गरेका छन् । 
आफू पनि रत्ननगर–३ शान्तिचोककै स्थायी वासिन्दा भएको र यहाँका यावत् समस्याबारे आफू जानकार रहेको बताउँदै डा. पौडेलले मतदाताले आफूप्रति देखाएको विश्वासलाई कहिल्यै पनि डगमगाउन नदिने प्रतिबद्धता व्यक्त गरे । 
आफू अर्थशास्त्री भएका कारण पनि आर्थिक तथा सामाजिक विकास गर्ने हुटहुटी रहेको बताउँदै उनले भने, ‘मेरो ऊर्जाशील समय र लगानी मैले चितवन–१ र समग्र देशका लागि गर्नुछ । कांग्रेसको एजेन्डाअनुरुप आर्थिक समृद्धिको यात्रामा अघि बढ्नुछ, त्यसैले आफ्नो अमूल्य मत रुख चिह्नमा प्रकट गर्नुहुन आग्रह गर्दछु ।’
उनले आफ्ना गठबन्धनका सहयात्री उमेदवार प्रदेश सभा क्षेत्र नं १ (क) का उमेदवार किरणभूषण ओलीलाई रुख चिह्नमा र प्रदेश सभा क्षेत्र नं १ (ख) का उमेदवार कृष्णप्रसाद खनाललाई कलम चिह्नमा मतदान गरी विजयी बनाइदिन अनुरोध गरेका छन् ।