मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

राज्यको अन्यायको सिकार सुकुमबासी बन्नु हुँदैन : डा पौडेल

राज्यको अन्यायको सिकार सुकुमबासी बन्नु हुँदैन : डा पौडेल

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवन क्षेत्र नं १ का लोकतान्त्रिक वाम–गठबन्धनका प्रतिनिधिसभा उमेदवार डा. विश्वनाथ पौडेलले राज्यको अन्यायको सिकार सुकुमबासी बन्न नहुने बताएका छन् । 
सोमबार रत्ननगरस्थित हरिहर व्यङ्क्वेटमा लोकतान्त्रिक वाम–गठबन्धनले आयोजना गरेको सुकुमबासीसँग अन्तर्क्रिया कार्यक्रममा उमेदवार डा. पौडेलले अन्यायमा परेका सुकुमबासीलाई न्याय दिन चुनावी मैदानमा आएको बताए ।  ‘सुकुमबासी समुदाय राज्यबाट अन्यायमा परेको वर्ग हो’, उनले भने, ‘त्यसको सिकार तपाईंहरु हुनुभएको छ ।’ 
सुकुमबासीले भूमि प्राप्त गर्ने अधिकार सुनिश्चितताका लागि आफूले काम गर्ने भन्दै उनले धनी र गरिबबीचको असमानता हटाउन आफू चुनावी मैदानमा उत्रिएको जिकिर गरे । अहिलेसम्म बनेका सरकारले सुकुमबासीलाई जग्गा दिन आँट गर्न नसकेको भन्दै उनले नीतिगत पैरवी गरेर लालपुर्जा वितरण गर्न सहजीकरण गर्ने बताए । 
‘नेपालमा ४५ प्रतिशत वन क्षेत्र छ’, उनले भने, ‘त्यसलाई फाँड्दा आकाश खस्ने थिएन, तर कसैले आँट गर्न सकेनन् ।’ राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्षसमेत रहेका डा. पौडेलले भरतपुरमा लालपुर्जा वितरण हुँदा पूर्वी चितवनका सुकुमबासी उपेक्षामा पर्नुको कारणबारे राष्ट्रिय भूमि आयोगका सदस्यहरु लक्ष्मीकान्त दवाडी र नीलप्रसाद लामिछानेसँग कार्यक्रमस्थलमै प्रश्न गरेका थिए । 
‘भरतपुरमा लालपुर्जा वितरण गर्दा यहाँ किन बाँडिएन ?’ उनले प्रश्न गर्दै भने, ‘लालपुर्जा वितरण गर्न सकेको भए यति धेरै मतदाता हाम्रो पक्षमा हुनुहुँदो रहेछ ।’
कार्यक्रममा लोकतान्त्रिक वाम–गठबन्धनले तर्फबाट प्रदेश सभा १ खका उमेदवार कृष्णप्रसाद खनालले   मंसिर ११ गतेबाट सुकुमबासीलाई लालपुर्जा वितरणको प्रक्रिया सुरू गर्ने बताए । 
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका उमेदवार खनालले पूर्वी चितवनका तीनवटा पालिकाका अधिकांश सुकुमबासीहरुलाई निस्सा वितरणको काम सम्पन्न भइसकेको र अब निर्वाचन सकिएलगत्तै लालपुर्जा वितरणको काम सुरू हुने स्पष्ट पारे । ‘निस्सा भरपर्दो आधार हो’, उनले भने, ‘तपाईंहरुलाई लालपुर्जाको वितरण गर्ने जिम्मेवारी पनि म लिन्छु ।’
कार्यक्रममा सहभागी सुकुमबासीहरुले उमेदवारहरुसँग लालपुर्जा नपाउँदाको पीडा पोख्दै सधैँ उधारो प्रतिबद्धताले मात्रै नपुग्ने बताएका थिए । उनीहरुलाई दुवै उमेदवारले निर्वाचनपश्चात् लालपूर्जा वितरणको काम हुनेमा आश्वस्त पारेका थिए ।