मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल चुनाव २०७९ : सत्तामा गएका राजनीतिक पार्टीविपरीत आउँदै गरेको लहर

नेपाल चुनाव २०७९ : सत्तामा गएका राजनीतिक पार्टीविपरीत आउँदै गरेको लहर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा (संसद्) र प्रदेश प्रतिनिधिका लागि निर्वाचन हुन करिब एक महिनामात्र बाँकी छ । यो चुनावको नतिजा के आउला ? अहिलेको सम्मको अवस्था हेर्ने हो भने चुनाव बहुदल आएपछि सत्तामा गएका पुराना राजनीतिक पार्टी नेपाली कांग्रेस, एमाले, माओवादीको विपक्षमा लहर बढ्दै गएको छ । 
 
यो चुनावमा स्पष्ट रुपमा राजनीतिक पार्टीको विगतको कार्यसम्पादनवाट आमनागरिक सन्तुष्ट छैनन् भन्ने देखाएको छ । सामाजिक सञ्जालहरुमा सत्तामा गएर पनि सुशासन दिन नसकेका राजनीतिक पार्टीप्रति व्यापक गुनासा देखिन्छन् । आम सर्वसाधारण मतदाता विकल्पको खोजीमा छन् । तर, भरपर्दो विकल्प भने अझै आइसकेको छैन । 
 
चुनावअघि अझै केही चुनावी मुद्दा अगाडि आउने छन् । कुनै सुनामी आउन पनि सक्छ । अहिले नै नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाले डडेलधुरामा दिएको मन्तव्य विवादस्पद भएको छ । 
 
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निःशुल्क विदेश पठाइदिने आश्वासनले सामाजिक सञ्जाल तातेको छ । यसले आउने दिनमा अझै केही मुद्दाहरु आउन देखिन्छ । जसले पुराना राजनीतिक पार्टीको लोकप्रियता अझ घटाउन सक्छ । यस्ता संस्कार लिएका राजनीतिक पार्टीलाई कसरी भोट दिने ? बोल्दा यति पनि हेक्का नभएका नेतालाई कसरी स्वीकार्ने भन्ने दृष्टिकोण मजबुत हुँदैछ । राजनीतिक पार्टीले आम जनताको हुर्मत लिएका छन् । पार्टीभित्रै कुनै प्रजातान्त्रिक संस्कार छैन । त्यही भएर विकल्प खोजिएको हो ।
 
सत्तामा गइसकेका राजनीतिक पार्टीका लागि मरिमट्ने कार्यकर्ता अब कम हुँदै गएका छन् । जागिरको आश गर्दै नेताको पछि लाग्ने समूह पनि सानो हुँदै गएको छ । जनताले भोग्दै आएका कष्ट उठाउने व्यक्ति लोकप्रिय बन्दै गएका छन् । 
 
राजनीतिक पार्टीको घट्दो लोकप्रियतालाई सञ्चारकर्मीबाट राजनीतिमा आएका रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले कति आफ्नो पक्षमा ल्याउन सक्छ यो स्पष्ट छैन । विदेशमा गएका नेपालीले पाएको पीडा, गाउँघरका जनताका समस्या उठाएर रवि चर्चित भएका हुन् । तर, सत्तारुढ राजनीतिक पार्टीका नेतामा अहिले पनि हामी नै हौँ भन्ने दम्भ छ । यो नै हारको कारण बन्न सक्छ ।  
 
यस पटकको निर्वाचनमा केही फरक नतिजाहरु आए भने अन्यथा मान्नु पर्दैन । स्थानीय तहको निर्वाचनमा काठमाडौँमा बालेन शाहले जसरी अप्रत्यासित जित निकाले नयाँ अनुहारले यस्तै अप्रत्यासित जित निकालेमा पनि अन्यथा हुने छैन । यस पटक अलोकप्रिय वन्दै गएका सत्तामा गइसकेका राजनीतिक पार्टी भोटमा खुम्चिने भने पक्का छ । नेपालको राजनीतिमा केही न केही उथलपुथल भने देखिने छ ।