मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने विपीको स्पष्ट धारणा थियो : नेता सिटौला

नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने विपीको स्पष्ट धारणा थियो : नेता सिटौला


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

पाटन । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने विपी कोइरालाको स्पष्ट धारणा रहेको स्मरण गरेका छन् ।

विपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आयोजित ‘स्मृतिमा विपी’ विचार गोष्ठीमा उनले कुनै पनि वैदेशिक राष्ट्रको हस्तक्षेप सहनुहुन्न भनेर राष्ट्र र राष्ट्रियताबारे कोइरालाको स्पष्ट धारणा रहेको बताए ।

“राष्ट्र र राष्ट्रियता भनेको जनता हो, जनताको अधिकारबिना राष्ट्र र राष्ट्रियता रहँदैन भन्ने उहाँको सोच थियो । लोकतान्त्रिक शासन पद्धतिमा कसैसँग सम्झौता गर्नुभएन, नेपालको लोकतान्त्रिक आन्दोलनलाई खुला परेर छोडिदिनुभयो”, सिटौलाले भने ।

उनले जननायक विपी कोइरालालाई गतिशील नेताका रुपमा बुझ्नुपर्ने भन्दै फाँसीको मुद्दा अदालतमा रहँदा पनि आफ्नो घाँटी राजासँग जोडिएको भन्दै राजासँग सहकार्य गरेको बताए । नेता सिटौलाले राष्ट्र र लोकतान्त्रिक व्यवस्थाका लागि विपी राजासँग मिलेको उल्लेख गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले लोकतान्त्रिक व्यवस्था मासेका कारण राजतन्त्र र राजसंस्था बिदा भएको बताए ।

पूर्वअर्थराज्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले पञ्चायतकालमा कोइराला परिवारले दुःख, कष्ट भोगेर पनि कांग्रेसलाई बलियो बनाउँदै बहुदलीय व्यवस्था ल्याउन भूमिका खेलेको चर्चा गर । विपीको लगनशीलता, त्याग र निष्ठालाई अनुशरण गर्दै व्यावहारिकरूपमा विकास र समृद्धिमा लाग्नुपर्ने धारणा कांग्रेस केन्द्रीय सदस्य राणाको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेतले विपीले गरेको योगदान, त्याग र तपस्यालाई वर्षमा दुई दिन सम्झनेभन्दा पनि हरेक दिन उनका सत्प्रेरणालाई अवलम्बन गर्दै देश र जनताका पक्षमा काम गर्न सक्नुपर्नेमा जोड दिए ।

केन्द्रीय सदस्य धना खतिवडाले विपीले परिकल्पना गरेअनुसारको लोकतान्त्रिक पद्धति, राजनीतिक स्वतन्त्रता, आर्थिक विकास र शासन पद्धतिमा जोड दिनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, ललितपुर उपसभापति सुदर्शन घिमिरे, ललितपुर क्षेत्र नं २ का सभापति महेश खड्कालगायतले विपीको योगदान र कांग्रेस गर्नुपर्ने योगदानका विषय आफ्नो धारणा राखेका थिए ।

शेयर गर्नुहोस:

54
Shares