मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

बाल्टिमोरको नेपाली सांस्कृतिक केन्द्रका लागि तीन लाखको विधायिकी बण्ड पारित

बाल्टिमोरको नेपाली सांस्कृतिक केन्द्रका लागि तीन लाखको विधायिकी बण्ड पारित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्य संसद्ले बाल्टिमोरमा संस्थापित नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका लागि तीन लाख डलरको विधायिकी बण्ड पारित गरेको छ। 
 
बुधबार संसद्को तल्लो सदन हाउस अफ एसेम्बलीमा १२९.४ को भारी बहुमतले विधेयक पारित भएको हो । यसअघि नै संसद्को माथिल्लो सदन सिनेटमा सर्वसम्मतिले पारित भएको यो बजेट विधेयक स्वतः कानुन बनेको छ।
 
यो बजेट यसै आर्थिक वर्षमा उपलब्ध हुने र सात वर्षभित्र खर्च गरिसक्नुपर्ने हुन्छ। यसका लागि कुनै म्याचिङ फण्ड पनि आवश्यक नभएकाले यो तुरून्तै उपलब्ध हुन्छ। यसबाट नेपालीहरूको आध्यात्मिक मनमस्तिष्क जोडिएको नेपाली सांस्कृतिक केन्द्रको भौतिक संरचना निर्माणमा ठूलो योगदान पुग्ने मेरिल्याण्ड डिस्ट्रिक्ट ८ का डेलिगेट ह्यारी भण्डारीले विश्वास लिएका छन् ।  
 
विधायिकी बण्ड विधायकहरूको अनुरोधमा विशेषगरी उनीहरूको निर्वाचन क्षेत्रमा विभिन्न आवधिक योजनाका लागि सहयोग स्वरूप प्रदान गरिन्छ। तर, सबै विधायकहरूको अनुरोध स्वीकार हुँदैन, त्यसका लागि संसदमा ठूलो लबिङ चाहिन्छ। यसपटक पनि थोरै विधायकका बण्ड मात्र पारित भएका छन् । थोरै सांसदका प्रस्ताव पारित भएको अवस्था र नेपाली अमेरिकन सांस्कृतिक केन्द्रको संरचना आफ्नो निर्वाचन क्षेत्रमा नहुँदा नहुँदै पनि मेरिल्याण्ड संसदबाट विधायिकी बण्ड पारित हुनुलाई नेपाली सुमदायको सामूहिक उपलब्धिका रूपमा लिएको डेलिगेट भण्डारीले जनाएका छन् । 
 
नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका ट्रस्टीहरूसँगको परामर्शमा यो बण्ड आफ्नै पहलमा द्विदलीय समर्थनमा अगाडि बढाएको र आज त्यो प्रस्तावमार्फत् नेपाली समुदायमा तीन लाख डलर राज्यकोषबाट सहयोग प्राप्त भएको खबर सुनाउन पाउँदा छाती गर्वले फुलेको उनले बताएका छन् । 
 
बितेको चार वर्षमा मेरिल्याण्ड संसदमा नेपाली समुदायको एक्लो प्रतिनिधि भए पनि यो समुदायको गतिलो प्रतिनिधित्व गरेर भिजिबल बनाएको र एनापोलिसले हामीलाई सुन्न र देख्न पनि थालेको छ। हामीले हाम्रा समस्यालाई अमेरिकी साझा समस्या बनाउनुपर्छ र स्रोत तथा साधनको लागि सरकारी ढोका ढक्ढकाउनु पर्छ । यो अमेरिकी मूलधारमा जोड्ने तरिका पनि हो, हाम्रो अधिकार पनि हो। कतिपय अवस्थामा भावनाले मात्र काम गर्दैन, त्यसैका लागि राज्य चाहिने हो, उनले भनेका छन् ।