मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए नेतृत्व सहमति, अधिकांश साधारण सदस्य भने दु:खी

एनआरएनए नेतृत्व सहमति, अधिकांश साधारण सदस्य भने दु:खी


सहमतिका नाममा जे मनलाज्यो त्यही गर्ने कार्य कम्यूनिष्ट वा तानासाही व्यवस्था र पार्टीमा हुने गरेको थियो । प्रजातन्त्रमा हुदैनथ्यो । तर, गैर आवासीय नेपाली संघ (एनआरएनए) नेतृत्वका लागि यस्तै सहमति भयो । जे नहुनुपर्ने हो त्यही भयो । यो सहमतिमा पद पाएकाहरु खुशी भएका होलान । तर, एनआरएनएका सदश्यता लिएको ठुलो जमात भने वेखुशी छ । स्वयं पद पाएकाहरुले समेत यो सहमतिलाई स्विकार्न नसेको अवस्था छ । 
 
एनआरएनएमा २ बर्ष यताको तमासाले गर्दा एकै समयमा दुई वटा सम्मेलन भए । संस्था पनि दुईवटा भयो । यो यर्थाथ हो । कुन विधिवत हो कुन होइन यो कुनै विषय नै होइन । साधारण सदश्यतालाई विधित को हो को होइन मतलवको कुरा पनि होइन । साधारण सदश्यका लागि अहिले दुवै संस्था उस्तै उस्तै हुन् । 
 
सहमतिका लागि विद्यान संशोधन भयो । तर, सरकारले त्यो विद्यानमा छाप लगाउन नपाउंदै अध्यक्ष र पदाधिकारी चुनिए । यो कसरी कानुन विद्यान सम्वत भयो । 
 
एनआरएनए एनसीसीको चुनावमा डा. केशव पौडेल र रविना थापा कुनै वेला अध्यक्षमा उठेका थिए । डा पौडेलले जित, रविना दोस्रो भईन । यस अघि पौडेल अध्यक्ष थिए रविना उपाध्यक्ष । कथाकथित सहमतिले रविना अध्यक्ष भएकी छिन र पौडेल महासचिव । यो अवस्थामा यो कार्यसमिति कसरी एक मत होला ।
 
सहमतीका नाममा राजनीतिक पार्टीका नेता गुहार्ने, पत्र लेख्ने सम्मका कुरा भए । यो राजनीतिक पार्टीका नेताले चाहेका थिए होलान तर, विदेशमा वस्ने अधिकांश नेपाली यसको पक्षमा थिएनन् । यो कार्यवाट विदेशमा वस्ने नेपाली हेपिएका छन् । उनीको मानमर्दन भएको छ ।
 
संस्थापन समुहले चुनाव गराउन खोजेको थियो । एउटा समुह जान मानेको थिएन । यहां सम्म केही विग्रेको थिएन । दुईवटा कमिटि वन्थे पछि मिल्न पनि सक्थे । यो सहमतिभन्दा पछि मिल्ने विकल्प नै उत्तम थियो । तर, कुल आचार्यको समुह असक्षम देखियो । 
 
एनआरएनए आईसीसीमा अमेरिकामा दुई जना उपाध्यक्ष भएका थिए । उनीहरुविच कहिल्लै पनि सहमति र सहकार्य भएन । अहिलेले कयौं पदाधिकारी भएका छन् । विगतको उदाहरणले झन गञ्जागोल हुने देखिन्छ । 
 
अहिले वनेको पदाधिकारीहरु एनआरएनए साधारण सदश्यको समर्थनवाट आएका होइनन । र साधारण सदश्य स्विकार्नु पर्छ भन्ने छैन । 
 
एनआरएनएका आधार भनेका एनसीसी हुन् । अमेरिका सदश्यका हिसावले सवैभन्दा ठुलो एनसीसी हो । हामीले पहिले एनसीसीको सदश्य लिएका छौं । 
 
त्यसैले अहिले एनसीसीहरुलाई यो वेथितिलाई सुधार गर्ने मौका आएको छ । एनसीसीले दुवै सम्मेलन र यसवाट वनेका पदाधिकारीलाई अस्विकृत गरेर, वहिरष्कार गरेर जाने आंट देखाउनुपर्छ । समाजिक संजालमा  विदेशमा वस्ने र एनआरएनएमा लागेका नेपालीले यस्तै भावना व्यक्त गरिरहेका छन् ।
 
साधारण सदश्यको यो भावना वुझ्ने हो भने एनसीसीहरुले गर्दै आएको विश्व भेलालाई निरन्तरता दिई अहिलेको बेथितिलाई सही निकास दिन सक्नु पर्छ ।