मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा बिटक्वाईन कारोवार गर्ने तीन जना पक्राउ

नेपालमा बिटक्वाईन कारोवार गर्ने तीन जना पक्राउ

शेयर गर्नुहोस:

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका-अमेरिका युरोप लगायतका देशमा बस्ने हज्जारौं नेपालीले क्रिप्टोकरेन्सी बिटक्वाईन, इथेरियम, डगक्वाइन, सिवाइन लगायत किन वेच गर्छन । तर, नेपालमा भने क्रिप्टोकसेन्सी किनवेच गर्ने व्यक्तिहरु भने पक्राउ गरेका छन् । 
 
नेपाल प्रहरी अपराध महाशाखाले शुक्रवार सार्वजनिक गरेको विवरण अनुसार क्रिप्टोकरेन्सी ट्रेड गर्ने राजन भट्टराई, विशाल श्रेष्ठ र दिपेशराज श्रेष्ठ समेतका व्यक्तिहरु पक्राउ परेको जनाएको छ । पक्राउ गर्नेहरु २० देखि ३० बर्ष उमेर समुहका छन् । 
 
प्रहरीका अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय कारोबार गर्न जारी गरेको नियम, विनियम र निर्देशन, आदेश विपरित क्रिप्टोकरेन्सी विटीसी बिटक्वाईनवाट वित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सुचना महाशाखामा प्राप्त भएको थियो । त्यसपछि निजहरुको निगरानी राख्न यस महाशाखावाट विशेष टोली परिचालन गरिएकोमा माग ६ गते दिउसो काठमाडौ मिनभवनवाट निजहरु पक्राउ परेको महाशाखाले जनाएको छ । 
 
पक्राउ परेका व्यक्ति मध्ये राजन भट्टराईले हालसम्म १७५ जना व्यक्तिसंग दुई महिनामा २६ लाख बरावरको १९२६  पटक कारोवार गरेको महाशाखाले जनाएको छ । 
 
नेपालमा क्रिप्टोकरेन्सी कारोवार अवैध हो । तर, विदेशमा वस्ने हज्जारौं नेपालीले क्रिप्टो करेन्सीमा लगानी गरेका छन् । 
 
अमेरिका, रुस, भारत लगायत कयौं देशले क्रिप्टो करेन्सीको कारोवारलाई कडाई गर्नथालेकाले यो साता बिटक्वाईन लगायत कयौं क्रिप्टोकरेन्सीको मूल्यमा उच्च गिरावट आएको छ । क्रिप्टोमा लगानीलाई निकै जोखिम मानिन्छ । 
 
नेपाल प्रहरी महानगरीय अपराध महाशाखाले आफ्नो आधिकारिक फेसबुकमा राखेको विवरण निम्न छ । 

 तस्बिर: नेपाल प्रहरी अपराध महाशाखा 

यो पनि पढ्नु होला >>नेपालमा बसेर अमेरिकामा क्यासिनो गेम खेलाउने पक्राउ, अमेरिकामा बस्ने नेपालीको पनि संलग्नता रहेको आशंका