मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

अमेरिकामा उदाउँदै नेपाली गोल्डस्टार जुत्ता – ( विदुषी राणा भिडियो अन्तर्वाता )

अमेरिकामा उदाउँदै नेपाली गोल्डस्टार जुत्ता – ( विदुषी राणा भिडियो अन्तर्वाता )

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- नेपालमा बनेको चर्चित गोल्डस्टार ब्राण्डका जुत्ताको अमेरिकामा पनि विक्री वितरण शुरु गरिएको छ । गत साता गोल्टस्टार ब्राण्डका जुत्ताका उत्पादक किरण सुजले अमेरिकाको न्यूयोर्क र टेक्सस डलासमा  विक्री वितरण शुरु गरेको हो । 

“हामी अहिले पानीमा पसेका छौं अव पौडिएर उत्रिनु छ”, उक्त कम्पनीका ब्राण्ड तथा बजार निर्देशक विदुषी राणाले भनिन् । अमेरिकामा जुत्ता ल्याउंदा भन्सार शुल्क लगायतका समस्या रहेको उनले वताईन् । नेपालमा वनेको जुत्ता अमेरिकामा निकासी हुन सक्छ भन्ने नसोचिएको रहेछ राणाले भनिन् ।

सन् १९७० को दशकमा स्थापना भएका किरण सुजले हाल दैनिक २५ हजार जोर जुत्ता उत्पादन गर्ने वताईएको छ । नेपालको पहाडी क्षेत्रमा हिड्नका लागि निकै सजिलो भनेर चर्चित गोल्डस्टार जुत्ता भारत लगायत अन्य देशमा पनि विक्री वितरण हुदैं आएको छ । किरण सुजले हात्ती छाप चप्पल उत्पादन गर्दै आएको छ । 

हिमालयखवरका लागि भिषण न्यौपानेले विदुषी राणासंग गरेको अन्तवार्ता ।