मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

सासु ससुरा आउने भए, म आउन मिल्दैन ल !

सासु ससुरा आउने भए, म आउन मिल्दैन ल !

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कदमै फ्र्यान्क छे के मेरो साथी, तिमीले भेट्यौ भने तिमी फ्यान हून्छौ ल !” दिदीले भन्नुभयो ।
 
मेरो घरबाट करिब् २५ माईल टाढा मेरो कजन दिदीको घरमा शनिबार सानो गेट टुगेदर गर्ने भनेर हामी स-परिवार शुक्रबारको रात उतै बस्न दिदीकोमा गएका थियौं।  
 
टेबलमा म:म खाँदै हामी भलाकुसारी गर्दागर्दै त्यतिकैमा  दिदीले हाँस्दै, “मामा पार्टीमा त ११ जना कम हुने भए ।लौन हामीले अर्डेर गरेको ३० जनालाई भनेको खाना त आधा फ्याकिने भयो । त्यो रेस्टुरेन्टमा भन्न मिल्छ भने बरु ॠषि पञ्चमी रहेछ ११ जना जति कम हुने भए भनेर खानाको अर्डर घटाऊन मिल्दैन ? “ भनेर सोध्नुभयो । मामाले अचम्म पर्दै किन भान्जी भनेर सोध्नु भयो; दिदीले हाँस्दै जबाफ दिनु भयो “खास्मा मेरो मिल्ने साथी को सासु – ससुरा आउने भए रे ।अनी फेरी सासु – ससुराको अगाडि ड्रिन्क गर्न “अड” हुने भएकोले गर्दा साथी नआउने भई, बाँकी अरु साथीहरु चाँही, सिङ्गल साथी जती सबै विकेन्डमा धेरै पैसा आउछ नि त, त्यही भएर काम गर्छन् । अनी एक दुईजना साथीहरु चाँही विकेन्डमा बुढाहरुले बच्चा हेर्छंन त्यसैले उनिहरु विकेन्डमा काम गर्छन्। नर्स हुन नि त त्यही भएर गाह्रो छ नि कान्छा” भन्नुभयो ।
 
ड्रिन्क को तालमा हामी हाँस्दै कुरा गर्दै थियौं । दिदीको फोनमा फेरी अर्को साथी को टेक्स्ट आयो, “माइजु लौन हे भगवान्  ! फेरी अर्को साथी पनि नआउने रे ! बेकारमा विकेन्डमा गरेको, अबदेखि त बल्ल बुद्धी आयो।” 
 
दिदीको त्यो अलि अलि हाँसो र अलि अलि स्ट्रेस देखेर म अचम्ममा परिरहेको थिएँ, “दिदी, यो घटनालाई म सानो कन्टेन्ट बनाएर लेख्छु नि है प्लिज” ? “हाहाहा ! न हँसाउ न तिमी पनि” भन्दै दिदी झन हाँस्न थाल्नुभयो। खासमा यसो सोच्ने हो भने, हामी नजिकका धेरै मानिसहरुलाई यस्तै समस्या परिरहेको हुन्छ । हाम्रो नेपाली समाजमा बिशेष गरेर नेपाल बाहिर यस्ता समारोहहरुमा आफन्तहरु बिच असहजता त भइनै रहन्छ,  धेरै इस्टमित्रहरुलाई यस्तो परिरहेको हामी देख्दछौं तर नैतिक आधारमा उनीहरुलाई मुखै फोरेर भन्न चाँही सक्दैनौ । 
 
हामी हँसीमजाक गर्दै शुक्रबार मनाई रहेका थियौ । “उसो भए खाना धेरै हुने भए अरु मान्छेहरुलाई बोलाम न त , खान आई हाल्छन् नि !” भनेर मामा दिदीलाई जिस्काउन थाल्नु भयो । भिनाजु उता कुनामा बसेर यस्तै रातभर टेक्स्ट आईरह्यो भने त हाम्रो परिवार बाहेक कोही न हुने भयो भन्दै हाँस्न थाल्नु भयो ।यस्ता यस्तै हावा गफ गर्दा गर्दै निद्रा लगेर त्यो रात हामी सबै आफ्नो आफ्नो कोठामा सुत्न गयौं।
 
हाई के छ भन्दै साथी आई पुग्नु भयो, ए तिमी पनि आयौ ? “अँ! उहाँहरू आउनु भएन” ।दिदीको साथीको चम्किलो मुहारमा देखीएको त्यो खुशी मैले एक पटकमै नोटिस गरिहाले ।आज त बबाल् रमाइलो गर्ने हो है गाईज ! हामीले “वि आर रेडी” भन्दै पहिलो भोड्का सट चियर्स् गर्यौ । त्यसपछि सुरु भयो हाम्रो “रिअल रमाइलो” । “बिशाल तिमी पनि सहि रमाइलो गर्ने मान्छे रहेछौ यार, भोली हाम्रो घरमा पार्टी गर्ने हो तिमी जसरी पनि आउ है ! अब भोली चाँही ड्रिन्क गर्न मिल्दैन , सासु-ससुरा घरमा हुन्छन !” दिदीको साथीले मलाई उहाँको घरमा औपचारिक निम्ता समेत गर्नु भयो। भोड्काको सटबाट सुरु भएको त्यो रमाइलो राती दुई बजे सम्म चलिनै रहयो । 
 
दिदीको साथी रमाइलो गर्न मन पराउनु हुँदो रहेछ, सासु   ससुरा को अगाडि त “अड” हुनेनै भयो नि ! “ए सुन त ! साची मेरो बर्थडे आउँदै छ नि यार, यसरी नै रमाइलो गर्न पर्छ है” ? “हो नि है ? भई हाल्छ नि” भिनाजु मुस्कुराउदै उता टेबल बाट दिदीको साथीलाई भन्दै हुनुहुन्थ्यो ”हामीले नै होस्ट गरौला नि, के छ र ?”