मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएमा चुनावी अभियान सुरु

एनआरएनएमा चुनावी अभियान सुरु


अमेरिका । गैरआवासीय नेपाल संघ आइसिसी (एनआरएनए) मा नेतृत्वका लागि चुनावी अभियान सुरु भएको छ । अध्यक्षलगायत प्रमुख पदका प्रत्यासी अहिले छलफल आपसी सम्पर्कमा व्यस्त छन् । 
 
अक्टोबरको तेस्रो सातातिर नयाँ नेतृत्वका लागि चुनाव हुने कार्यक्रम छ । अहिले चुनावी अभियानमा अध्यक्ष पदमा डा बद्री केसी सबैभन्दा बढी सक्रिय देखिन्छन् । औपचारिकरुपमा घोषणा नगरे पनि उनले सामाजिक सञ्जालमार्फत अध्यक्ष पदमा प्रचार अभियान सुरु गरिसकेका छन् ।
 
हाल उपाध्यक्ष रहेका केसी अहिले काठमाडौँमा आफूलाई समर्थन जुटाउन राजनीतिक पार्टीका नेतालाई भेटिरहेका छन् । उनको टिमबाट चुनावमा उम्मेदवारी दिने तयारी गरेका प्रमुख पदका आकांक्षीले पनि समाजिक सञ्जालमा प्रचार सामग्री राख्न थालेका छन् । 
 
अर्का उपाध्यक्ष रविना थापाले अध्यक्ष पदमा उठ्ने घोषणा गर्दै प्रचार अभियान थालेकी छिन् । उनले पनि भेटधाट सम्पर्क र सामाजिक सञ्जालमार्फत चुनाव प्रचारप्रसारमा सक्रियता देखाएकी छिन् । रविनाको उम्मेदवारीका विषयमा अन्य अध्यक्ष पदका आकांक्षी समूहका निकटहरुले आफ्नो आफ्नो पक्षमा विश्लेषण गरेका छन् ।  
 
अध्यक्ष पदमा उठ्ने चर्चामा रहेका अर्का उम्मेदवार कुल आचार्यले भने अहिलेसम्म औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छैनन् । सामाजिक सञ्जालमा पनि उनको उम्मेदवारीका बारेका प्रचार सामाग्री आएका छैनन् । तर, आचार्य निकटका अनुसार यसै अगष्ट महिनाको अन्तिममा उनले उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको छ । 
 
आफू बस्दै आएको सहर लण्डनबाट आचार्यले उम्मेदवारी घोषणा गर्ने जनाइएको छ । अहिले टिमै बनाएर उम्मेदवारी घोषणा गर्ने मनस्थितिमा भने आचार्य छैनन् । केही प्रमुख पदमा धेरैको दाबेदारी रहेकाले पनि आचार्य अहिलेनै टिम लिएर सार्वजनिक हुने रणनीतिमा छैनन् । सचिव पदमा मात्र १५ जना भन्दा वढी आकांक्षी रहेको देखिँदा पनि आचार्यलाई कठिन भएको हो । 
 
आचार्य गत निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए । उपाध्यक्ष पदमा वर्तमान महासचिवलगायतले समाजिक सञ्जालमार्फत चुनाव अभियान अघि बढाएका छन् । 
 
महासचिवमा अहिले गौरी जोशी र डा केशव पौडेल दुवै जनाले उम्मेदवारी दिने सार्वजनिक गरेका छन् । अमेरिकाबाट एउटै पदमा दुई जनाले उम्मेदवारी दिनु हुँदैन भन्ने सुझाव दिनेहरु भए पनि अहिलेसम्म जोशी र पौडेल एकले अर्कोलाई महासचिवमा नछाड्ने अडानमा छन् । यदि पौडेल र जोशी एउटै पदमा उठे भने कडा प्रतिस्पर्धा हुने बताइन्छ । 
 
यो चुनावमा पार्टीगत राजनीतिक रङ्ग दिने प्रयास पनि भइरहेको छ । यदि पार्टीगत उम्मेदवार तय भए यसले एनआरएनएमा ध्रुवीकरणको अवस्था आउने छ । अहिलेसम्म एनआरएनएको चुनावमा राजनीतिक पार्टीको जीत-हारमा त्यस्तो ठूलो प्रभाव केही पनि थिएन । 
 
विभिन्न देशमा रहेका एनआरएनएका संगठन एनसिसीमा धमाधम अधिवेशन भइरहेको छ । यसले गर्दा पनि उम्मेदवार अहिले को कति बलियो भन्ने जोड घटाउमा व्यस्त छन् ।