मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

गौरी जोशी र डा केशव पौडेल दुवैले आइसिसी महासचिव उम्मेदवारी देलान ?

गौरी जोशी र डा केशव पौडेल दुवैले आइसिसी महासचिव उम्मेदवारी देलान ?


अमेरिका । एनआरएनए चुनावको प्रसङ्ग आएपछि धेरैले प्रश्न गर्छन् आइसिसी महासचिव पदमा गौरी जोशी र डा केशव पौडेलले दुवैले उम्मेदवारी दिन्छन्, दिँदैनन् ? अमेरिकाबाट एउटै पदमा दुवै जनाले उम्मेदवारी दिन हुँदैन भन्नेहरु पनि छन् । एक जना उपाध्यक्ष र अर्को महासचिव पदमा उम्मेदवारी दिँदा कुरा मिल्न सक्छ भनेर मध्यमार्गीबाट सुझाव पनि आइरहेको छ ।
 
अहिलेसम्मको अवस्थामा गौरी र डा केशव दुवैले आफूलाई महासचिवको उम्मेदवार भन्दै आएका छन् । तर, औपचारिकरुपमा दुवैले उम्मेदवारी घोषणा गरिसकेका भने छैनन् ।
 
के दुवैबीच सहमति हुन सक्छ ?
 
यदि दुवैले एकअर्काबीचमा बढाउँदै लगेको इगो नियन्त्रण गर्न सकेभने मात्र सहमति हुन सक्छ । तर, विगतका विभिन्न घटनाले दुई बीचको सम्बन्धको दुरी बढ्दै गएको छ ।
 
एनआरएनए अमेरिकाको निर्वाचन हुनुअघि टेक्सस डलासमा जोशी र पौडेलबीच भनाभन भयो । यसको इगो सेलाउन नपाउँदै न्यूयोर्कमा आयोजित एनआरएनएको साधारण सभामा पनि यस्तै अवस्था सृजना हुन पुग्यो ।
 
डा केशव र गौरीबीचको मतभिन्नता नयाँ भने होइन । डा पौडेलले एनआरएनए अमेरिकाको दोस्रो कार्यकालको नेतृत्व लिन उम्मेदवार दिने सार्वजनिक भएपछि उनीहरुबीच दूरी बढ्न थालेको थियो । गौरी पनि अध्यक्ष पदका उम्मेदवार थिए । त्यसबेला एनआरएनए अमेरिकाको अध्यक्षमा डा पौडेल नै हुने र क्षेत्रीय संयोजकमा जोशी आउने भन्ने सहमति भएको थियो । यो सहमतिअनुसार गौरी क्षेत्रीय संयोजक हुँदै आइसिसी सचिव भए । डा पौडेलले गत निर्वाचनमा उपाध्यक्षमा थोरै भोटले पछि परे । जित निकाल्न सकेनन् ।
 
दुवैले महासचिव दाबी गरिरहेका बेला कसले छाड्ने ?
 
यसमा दुवै पक्षका आफ्ना आफ्नै तर्क छन् । जोशी सचिव भएकाले महासचिवमा दाबी हुनु स्वाभाविक भएको उनका पक्षले तर्क गर्दै आएका छन् ।
 
गत निर्वाचनमा महासचिवमा डा केशवले सहमतिमा छाडिदिएकाले यस पटक उनले उक्त पदमा आउन खोज्नु जायज भएको तर्क दिन्छन् ।
 
यसबीचमा जसलाई पहिले आइसिसीको अध्यक्षमा उम्मेदवारी दिन मन छ उ उपाध्यक्षमा जाँदा हुन्छ भनेर सुझाव दिनेहरु पनि छन् । आइसिसी अध्यक्षमा उम्मेदवारी दिन एक पटक आइसिसी कार्यसमिति सदस्य वा पदाधिकारी भएको हुनुपर्छ । विद्यानको यो व्यवस्थाले डा केशवलाई अध्यक्ष उम्मेदवार हुन दिँदैन । यदि विधानले दिने हो भने डा केशव यस पटक नै अध्यक्षमा उम्मेदवारी दिने मनस्थितिमा थिए ।
 
एनआरएनए अमेरिकाको अध्यक्षमा दुवै जना उम्मेदवार थिए । तर, पछि सहमति भयो । यस पटक दुवैबीच एक आपसमा भिड्ने चाहनालाई किन रोक्ने ? नरोक्दा एनआरएनए अमेरिकाभित्रको विवाद पनि कम हुन्छ कि भन्ने विश्लेषण पनि हुने गरेको छ ।
 
तर, अमेरिकामा धेरैको एउटै धारणा छ, जे भए पनि एउटै देशबाट दुई जना एउटै पदमा उठ्दा यसले राम्रो सन्देश भने जाँदैन । आफ्नै ठाउँमा मिलेर आउन नसक्नेले कसरी समग्र एनआरएनलाई समेटेर लैजान्छन् भन्ने प्रश्न उठ्न सक्छ । दुईबीचको प्रतिस्पर्धामा तेस्रो उम्मेदवारले बाजी मार्न पनि सक्छ ।