मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

हेर्नुस् त ठाउँमा नेता अथवा कोही पावरवाला मान्छे नचिनेपछि के हुन्छ ?

हेर्नुस् त ठाउँमा नेता अथवा कोही पावरवाला मान्छे नचिनेपछि के हुन्छ ?

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिशाल चिया पिउन आउ, ब्रेकफास्ट तयार भयो है ।  माईजु किचन बाट मलाई बोलाउदै हुनुहुन्थ्यो, हस  म आइहाले ! हाम्रो घरमा हामी प्राय जस्तो बिहान बिहान सधैं नेपाली समाचार हेर्ने गर्छौ । फ्रेश भएर किचनमा जादै थिए सधाझैं आज पनि टिभीमा समाचार बजिरहेको थियो । मेरो आँखा झ्याप्पै सामुन्ने बोलिरहेको युवकको कुरामा गयो । उनले बुटवलबाट काठमाडौं आउँदा आफुले पाएको दु:ख र भोगाइ बारेमा कान्तिपुरका एक पत्रकारसँग गुनासो गर्दै रहेछन । उनको त्यो यात्राको भोगाइ  सुन्दा मेरो मनमा अति नराम्रो लाग्यो। हो यही घटनाले मलाई फेरी मेरो मनमा उब्जिएका हजारौं कुराहरु लेख्न वाध्य बनायो ।  
 
ब्रेकफास्ट सकेर म मेरो कोठामा आँए, मलाई त्यो भिडियोले  एकदम असहज बनाइरहेको थियो । हत्त न पत्त ल्यापटपमा युटुब खोलेर कान्तिपुर टिभीको त्यो भिडियो क्लिप खोजे र एक्दमै गहिरिएर हेरिरहे र आफुले आँफैलाई प्रश्न गरें आखिर यस्तो कहिले सम्म ? 
 
कोभिड महामारीबाट जोगिन भन्दै नेपाल सरकारले जारी गर्दै गरेको निषेधाज्ञाका नियमहरु छलेर बिभिन्न बहाना देखाएर यात्रुहरू उपत्यका बाहिरबाट काठमाडौं प्रवेश गरिरहेका रहेछन । यही मौका को फाईदा उठाएर यातायात व्यवसायीले मनपरि भाडा उठाएर सोझा जनता ठग्ने काम गरेको देखियो।  हो त्यो ठगाई भोग्न वाध्य ती युवा पनि एक रहेछन । ती युवा आफुले तिरेको ३००० रुपैयाले बुटवलबाट जेनतेन थानकोटसम्म त आएछन , तर थानकोट आई  पुगेर  प्रहरीले काठमान्डौ प्रवेश गर्न रोक लगाएछ।  जान दियोस पनि कसरी ? बिचरा उनले कोही  नेता अथवा पावरवाला मान्छे , कोही भएन भने एउटा सानो तिनो नेताको ठुलो झोला बोक्ने झोलेसमेत चिनेका रहेनछन । हेर्नोसत ठाउँमा नेता अथवा कोही पावरवाला मान्छे नचिने पछि के हुँदो रहेछ ? 
 
अमेरिका लगिदिन्छु भन्ने दलालहरुलाई पैसा तिरेर बिभिन्न देशहरु हुँदै अमेरिका प्रवेश गरेका थुप्रै नेपालीहरुको कथाहरु पत्र-पत्रिका र टिभीमा सुन्दै आएको थिए, आज यो भिडियो हेरेर मलाई पनि तेस्तै झझल्को आयो। आफ्नै देशको एउटा ठाउँबाट  बाल बच्चा पाल्नको लागि अनि दु:ख गरेर पैसा कमाउनको लागि वाध्यताले राजधानी पस्न लगेको एक युवकको त्यो भोगाई निकै, पिडादायक लाग्यो । बिचरा ती मजदूर युवा निकै बिचलित देखिन्थे , उनले भने अनुसारको उनको त्यो बुटवलदेखि काठमाडौंको यात्रा कुनै गैर कानुनी रुपमा अमेरिका प्रवेश गर्दै गरेको अर्को तेस्तै युवाभन्दा कम थिएन । कतिसम्म हुँदो रहेछ भने बिच बाटोमा थुप्रै यातायात दलालहरुले जिल्ला जिल्लाको सीमा कटाएर एउटा जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्दा अर्को दलाललाई जिम्मा लगाउने गर्दा रहेछन । उनले एक दिनदेखि केही खानपनि पाएका रहेनछन, यो कुरा सुनेर मलाई निकै पीडा भयो र म भावुक पनि भए । अहिले यतायात दलालहरुले गर्ने गरेको यस्तो मान्छे ओसारपसारको काम तुरुन्तै बन्द गरिनु पर्छ र सरकारले यसलाई छिटोभन्दा छिटो समाधान गर्नु आवश्यक छ ।  
 
सबैलाई आफ्नो आफ्नो वाध्यता हुन्छ र नियम कानुन धनी गरीब सबैलाई बराबर हुन्छ । कानुनको आँखामा सबै समान हुन्छन । यो घट्ना हेर्दा सामान्य  लागे पनि यसको जरा निकै गहिरोसम्म फैलेको हुन्छ । योत एउटा सानो उदाहरण मात्र हो जस्तो लाग्छ । बिना अनुमति सन्चालन गरिएका यस्ता सवारीहरुलाई सम्बन्धित निकायले कारबाहीको दायरामा ल्याउनु पर्छ ।  एकपटक त्यो मजदूर युवाको ठाउँमा आफुलाई राखेर हेर्नुस् त, के हाम्रो नेपाली समाज सहि बाटोमा अगाडि बढिरहेको छ ? के नेता अथवा कोही पावरवाला मान्छे नचिन्ने हो भने हाम्रो केही काम नै बन्दैन ? आखिर कहिलेसम्म ?


( उक्त 
कान्तिपुर टिभीको भिडियो क्लिपको लिंक यसैसंग संलग्न छ )