मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

माओवादी द्वन्दको कथा समेटिएको उपन्यास “द घोष्ट इन द हिल्स” अमाजनमा

माओवादी द्वन्दको कथा समेटिएको उपन्यास “द घोष्ट इन द हिल्स” अमाजनमा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- डा. कृष्ण उपाध्यायले नेपालको माओवादी आन्दोलनको सन्दर्भसँग जोडेर “द घोष्ट इन द हिल्स”(The Ghosts in the Hills) नामक उपन्यास हालसालै प्रकाशित गरेका छन् । उक्त पुस्तकको kindle संस्करण र पुस्तक amazon मार्फत बजारमा उपलब्ध छ ।
 
यो पुस्तकमा माओबादी आन्दोलनको सन्दर्भमा एकजना वालयोद्धाको यात्राको वर्णन छ, युद्धोत्तर उनका संघर्षको कथाको बर्णन छ। माओवादी आन्दोलनको बारेमा गरिएको अनुसन्धानमा आधारित यो  उपन्यास दाङ्गका थारुहरुको जमिन प्राप्तिको लडाइँ, दलितहरुको ब्यथा र उनीहरुको कारुणिक जीवन, जनतामा आधारित पत्रकारिता आदिको सुन्दर साहित्यिक प्रस्तुति आएको छ। 
 
३५० पृप्ष्ट लामो उपन्यासमा एक जना दलित बालिकाको साहसिक यात्रा बर्णन गरिएको छ ।   कथा नेपालको दाङ्ग जिल्लाको थारु र दलित बस्तिबाट शुरु हुन्छ  र जनयुद्धको चरम उत्कष हुँदै जानकी पात्र  हिजो राज्य विरुद्ध लड्दै आज आफ्नै भ्रष्ट नेताहरू बिरुद्ध लड्नु परेको हृदय बिदारक छ। उपन्यासले नेपालको ग्रामिण बस्तिहरूबाट द्वन्द कसरी शुरु भएको थियो, समाजमा विद्यमान अत्याचार र विभेद्ले कसरी युद्द्लाइ मलजल गरेको थियो, युग परिवर्तन र रुपान्तरणको सपना बोकेर दलित पीडित र उपेक्षितहरू कसरी सहभगी भएका थिए र अन्तमा शान्तिवार्तापछि कसरी माओवादीका माथिल्लो तहका नेताहरू तल्लो तहका युद्धमा सामेल कार्यकर्ताहरूको व्यवस्थापनमा चुके भन्ने देखाइएको छ । 
 
लामो र त्रासद युद्धपछि पनि निश्चित वर्ग र समुदय कसरी उपेक्षित रहिरह्यो र देशमा अस्थिरता कायमै रह्यो भन्ने कुरा उपन्यासमा रोचक तरिकाले देखाइएको छ ।
 
मानवअधिकार र कमैयामुक्तिको छेत्रमा तीन दशक लामो अनुभव बटुलेका प्राज्ञिक व्यक्तित्व कृष्ण उपाध्यायले नेपालको आन्तरिक द्वन्दले कमैया थारुहरूमा परेको प्रभावका विषयमा बेलायतको युनिवर्सिटी अफ लण्डनबाट विद्यावारिधि गरेका छन । आफु एक प्राज्ञ भएर पनि प्राज्ञिक पुस्तक नलेखी किन उपन्यास नै लेख्नुभयो भन्ने प्रश्नमा उनी भन्छन, “मलाई लाग्यो, अनुसन्धान सर्वसाधारण मानिसहरुसंग पुग्नुपर्छ, उनिहरुले पनि त्यो अनुसन्धानबाट ज्ञान सोझै फाइदा पाउनुपर्दछ, त्यसले सोझै उनिहरुको धारणामा परिवर्तन गरोस, बिचार निर्माण गर्ने तल्लो तहका राजनीतिक मानिसहरुमा पनि त्यो खोजको बिषय पुगोस, स्कुले र कलेज पढ्ने भाइबैनीहरुको यस्ता बिषयको बारेमा ज्ञान होस्, र केही ऐतिहासिक बिषयमा भएको गलत बुझाइ पनि हटोस् भन्ने पनि चाहना मेरो रह्यो।  यस्ता बिषयहरुलाई त्यो समुदायमा पुर्याउने माध्यम साहित्य मात्र हुनसक्छ किनभने साहित्य रोचक भयो भने सवैले पढ्छन्, प्राज्ञिक प्रस्तुति प्राज्ञहरुको वरिपरि मात्र घुमिरहन्छ।”
 
उपाध्याय आफुले विद्याबारिधीको बेला गरेको अनुसन्धानलाइ यसरी साहित्यिक रुप दिएर प्रस्तुत गर्दा निकै मिहिनेत गर्नु परेको बताउछन् । उनी  थप्छन “तर त्यो  काम मेरा लागि आनन्ददायक पनि रह्यो । उपन्यासका मुख्य बिषयहरु सत्यमा आधारित छन्, विषय प्रस्तुति र व्याख्या भने काल्पनिक रहेका छन् ।
 
यस अघि दुइवटा कविताका कृति प्रकाशित गरिसकेका डा. उपध्यायले यो उपन्यास चाही किन अंग्रेजीमा लेखे त? उनी भन्छन, “मलाइ लाग्यो अंग्रेजीमा लेख्दा हामी नेपाल सम्बन्धि केही भ्रमहरुको निवारण गर्नसक्छौ, र नेपालको अनुभव अरुतिर पनि काम लाग्ने हुनसक्छ।  प्राज्ञहरुको घेराबाट बाहिरका मानिसहरुले  यो उपन्यासबाट नेपालका घटनाहरुको सामाजिक, आर्थिक र सांस्कृतिक कारणहरु पनि जान्ने छन्।  अंग्रेजीमै लेखिए पनि एउटा नेपालीले नेपालको बारेमा लेखेको हुनाले नेपाली भाषाको साहित्य नभए पनि अंग्रेजी भाषामा लेखिएको नेपाली साहित्य हो भन्ने लागेको छ।”
 
यो उपन्यासमा  डा उपाध्यायले आफ्नो तीन दशक लामो द्वन्द र कमैया आन्दोलन सम्बन्धी पेशागत अनुभव, विद्याबारिधीको क्रममा  भएका अनुसन्धान, आफ्नै राजनितिक जीवन भोगाइको प्रतिबिम्बन समेतलाइ साहित्यिक र कलात्मक  ढङ्गले प्रस्तुत गरेका छन। स्वैर कल्पनामा लेखिने साहित्यभन्दा ऐतिहासिक विषयमा साहित्य लेख्नु चुनौतिपुर्ण कार्य हो । त्यसमाथि पनि बर्तमानका भोगाइहरूलाइ सुललित र सन्तुलित तरिकाले प्रस्तुत गर्नु थप जोखिमपुर्ण कार्य हो । नेपाली माओबादी युद्धका विषयमा नेपालभित्र र बाहिर पक्ष र बिपक्षमा बिभाजित जनमत छ। यस्तो  बिषयमा तटस्थ रहेर प्राज्ञिक र आलोचनात्मक चेत सहित ऐतिहसिक उपन्यास लेख्नसक्नु  डा उपाध्यायको विषेश खुबी भएको बताउछन् उपन्यासका पुनराबलोकनकर्ता मध्यका एक डा ऋषि बस्ताकोटी । पुनराबलोकनकर्ता बस्ताकोटीको बिचारमा यो उपन्यास  हामीले भोगेको समयको साश्वत प्रतिबिम्ब र एतिहासिक दस्तावेज समेत हो ।
 
पुस्तक प्रकाशनको एक महिनामा आफुले निकै सकारात्मक प्रतिक्रिया पाएको बताउँछन उपन्यास्कार डा उपाध्याय । उनी भन्छन् “हुन् त नपढीकनै पनि यसको बारेमा अन्दाज लगाएर धारणा बनाउनेहरु हुन्छन भन्ने लागेको थियो।  माओवादी आन्दोलनसंग सम्बन्धित, त्यसको बिरोधी मोर्चामा उभिएका नेपाली  र गैह्र नेपाली पाठक, र  विश्लेषकहरुबाट आएको प्रतिक्रियाले म निक्कै उत्साहित भएको छु। मैले पाठकहरूबाट निकै जिम्मेबारीपुर्ण प्रतिक्रिया पाइरहेकोछु । पाठकहरूबाट प्राप्त अनुसान्धानको धर्म, लेखनभित्रको साहित्यिक प्रस्तुति, भाषाको वहाव आदिबारे प्राप्त प्रतिक्रियाबाट म  उत्साही छु। मलाइ आशा छ भविष्यमा नेपाल बाहिर बस्नेहरुले यसको चर्चा गर्नेछन्, र मातृभूमिको बारेमा वर्णित यो कथाको निस्पक्ष विवेचना हुनेछ । भर्खर प्रकाशित भएकोले धेरैले पढ्न पाउनु भएको छैन, त्यसैले अझ धेरै प्रतिकृयाको पर्खाइमा छु। “
 
नेपालका बालबालिकाको क्षत्रमा काम काम गरिरहेको बेलायती संस्था  किडासाका कार्यकारी सदस्य समेत रहेका उपन्यासकार उपाध्ययले यस उपन्यासको बिक्रीबाट आउने आम्दानीको ५०% उक्त संस्था मार्फत नेपाली बालबालिकाको क्षत्रमा काम गर्नको लागि जाने बताउछन ।

अमाजनमार्फत खरिद गर्नको लागि लिङ्क: