मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार एकैदिन ७२२६ जना संक्रमणमुक्त, १०६ जनाको निधन

बिहीबार एकैदिन ७२२६ जना संक्रमणमुक्त, १०६ जनाको निधन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गत २४ घन्टामा ७२२६ जना कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणमुक्त भएका छन् । नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएका बेला बिहीबार सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको हो । 
 
यस अवधिमा ६९३९ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा नयाँ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढी रहेको मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
 
देशभरका प्रयोगशालामा २० हजार ४१४ नमुनाको पिसिआर परीक्षण गर्दा ६७३१ जना र ५७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौँमा १७३८, ललितपुरमा ३६४ र भक्तपुरमा २६५ जना थपिएको मन्त्रालयले जनाएको छ । 
 
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।
 
पछिल्लो २४ घन्टामा १०६ जनाको कोरोनाकै कारण निधन भएको छ । हालसम्म मृतकको सङ्ख्या ६९५१ पुगेको छ ।