मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शुक्रबार १७७ संक्रमितको निधन, थप ८६०७ जनामा संक्रमण पुष्टि

शुक्रबार १७७ संक्रमितको निधन, थप ८६०७ जनामा संक्रमण पुष्टि

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा पछिल्लो चौबीसघन्टामा कोरोना सङ्क्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६०२४ पुगेको मन्त्रालयले जनाएको छ । बिहीबार कोरोना संक्रमणबाट १९० सङ्क्रमितको मृत्यु भएको थियो । 
 
शुक्रबार थप ८६०७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ । थप २३ हजार २२६ जनाको पिसिआर परीक्षण तथा ८७३ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । पिसिआर विधिबाट ८४०७ तथा एन्टिजेनबाट २०० जनामा सङ्क्रमण पुष्टि भएको हो । 
 
हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २८ लाख ७८ हजार १४६ पुगेको छ । हाल ९१२ सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  
 
हालसम्म तीन लाख ७४ हजार ८३६ जना कोरोना मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा देशभर ७८९० सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७५.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख १६ हजार १९२ सक्रिय सङ्क्रमित छन् । 
 
यसैबीच, काठमाडौँ उपत्यकामा २४४७ सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा १७५२, ललितपुरमा ४०० र भक्तपुरमा २९५ मा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
 
काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको संख्या २२ हजार १९३ पुगेको छ । काठमाडौँ उपत्यकामा कोरोनाबाट एक लाख ५० हजार १९३ निको भएका छन् भने १३६७ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल ६८५६ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म २२ हजार ४३६ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट ३६३ सङ्क्रमितको मृत्यु भएको छ । 
 
यस्तै भक्तपुरमा ४८६४ सक्रिय सङ्क्रमित छन् । निको हुनेको संख्या १२ हजार ६७८ रहेको छ भने २७१ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।