मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मंगलबार थप ८२०३ संक्रमित, एकैदिन १९६ जनाको निधन

मंगलबार थप ८२०३ संक्रमित, एकैदिन १९६ जनाको निधन


शेयर गर्नुहोस:

486
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा मंगलबार थप ८२०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत चौबीसघन्टामा २० हजार २८६ जनाको पिसिआर परीक्षण तथा ६९३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएका ६७ जना गरी ८२०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 
यस्तै, नेपालमा थप १९६ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो समय दोस्रो भेरियन्टको कोरोना संक्रमण व्यापक भएसँग मृत्यु हुनेको संख्या पनि निरन्तर बढ्दो क्रममा रहेको छ । नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ५४११ पुगेको छ । 
 
यसैगरी, पछिल्लो चौबीसघन्टामा ६८९१ जना संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म ७४.६१ प्रतिशत अर्थात् ३ लाख ५२ हजार ४१४ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । मंगलबारसम्म देशभर एक लाख १४ हजार ५२९ सक्रिय सङ्क्रमित रहेका छन् भने कुल संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । 
 
तीमध्ये एक लाख १४ हजार ५२९ जना आइसोलेसनमा र १५९० आइसियू र ३९० जनाको भेीन्टलेटरमा उपचार भइरहेको छ । मन्त्रालयले दिएको जानकारीअनुसार देशभरका क्वारेन्टाइनमा ७५२ जना रहेका छन् ।
 

शेयर गर्नुहोस:

486
Shares