नेपाल

सोमबार थपिए ९२४७ संक्रमित, एकैदिन २१४ जनाको निधन

सोमबार थपिए ९२४७ संक्रमित, एकैदिन २१४ जनाको निधन


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font

काठमाडौँ । नेपालमा सोमबार थप ९२४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत चौबीसघन्टामा २१ हजार ६५३ जनाको पिसिआर परीक्षण तथा ४३४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा ४९ जना गरी ९२४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 
यस्तै, नेपालमा थप २१४ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो समय दोस्रो भेरियन्टको कोरोना संक्रमण व्यापक भएसँग मृत्यु हुनेको संख्या पनि निरन्तर बढ्दो क्रममा रहेको छ । नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ५२१५ पुगेको छ । 
 
यसैगरी, पछिल्लो चौबीसघन्टामा ५७६७ जना संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म ७४.४३ प्रतिशत अर्थात् ३ लाख ४५ हजार ५२३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । 
 
सोमबारसम्म देशभर एक लाख १३ हजार ४८० सक्रिय सङ्क्रमित रहेका छन् भने कुल संक्रमितको संख्या चार लाख ६४ हजार २१८ पुगेको छ । 
 
तीमध्ये एक लाख ६ हजार ५१० जना होम आइसोलेसनमा र ६९७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार देशभरका क्वारेन्टाइनमा ७०८ जना रहेका छन् ।