नेपाल

चितवनमा चौबीसघन्टामा १८३ जनामा कोरोना सङ्क्रमण पुष्टि

चितवनमा चौबीसघन्टामा १८३ जनामा कोरोना सङ्क्रमण पुष्टि


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

भरतपुर । चितवनमा गत चौबीसघन्टामा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र बीपी मेमोरियल क्यान्सर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा १८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 
 
चितवनमा सोमबार १०५ र आइतबार ११२ जनामा संक्रमण पुष्टि भएको थियो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा वैशाख १४ गते परीक्षण गरिएका १५७ नमुनामध्ये ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख मणिराम महतोले जानकारी दिएका छन् ।
 
सङ्क्रमित हुनेहरुमा भरतपुर महानगरका १६ पुरूष र २६ महिला रहेका छन् । यस्तै, रत्ननगरका २ पुरूष १ महिला, खैरहनीका २ पुरूष, राप्तीका १, कालिकाका १, नवलपरासीका ४ पुरूष, तनहुँका १ पुरूष, गोरखाका १ महिला, प्युठान, बारा, र हेटौँडाका १÷१ पुरूष रहेका छन् ।
 
यस्तै, चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा परीक्षण गरिएका २३१ नमुनामध्ये १०६ जनामा सङ्क्रमण पुष्टि भएको माइक्रोबायोलोजी विभागका प्रमुख डा. अनुप पौडेलले जानकारी दिए । 
 
डा. पौडेलका अनुसार सङ्क्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरका मात्रै ४९ जना छन् । जसमा २९ महिला र २० पुरूष रहेका छन् । यस्तै, रत्ननगर नगरपालिकामा १७ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमा १० महिला र ७ महिला रहेका छन् । खैरहनीका ३ महिला १ पुरूष, नवलपुरका ८ पुरूष ५ महिला रहेका छन् । 
 
यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड प्रयोगशालामा परीक्षण गरिएका १६५ नमुनामध्ये १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरका ४ महिला र ३ पुरूष, सर्लाहीका २, कैलालीका २, पर्सा, बाँके, रुपन्देही, झापा, दाङ, दैलेख, कपिलवस्तुका १÷१ जना रहेको रहेको बीपी कोइराला क्यान्सर अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माले जानकारी दिए ।