मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा चौबीसघन्टामा १८३ जनामा कोरोना सङ्क्रमण पुष्टि

चितवनमा चौबीसघन्टामा १८३ जनामा कोरोना सङ्क्रमण पुष्टि

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । चितवनमा गत चौबीसघन्टामा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र बीपी मेमोरियल क्यान्सर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा १८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 
 
चितवनमा सोमबार १०५ र आइतबार ११२ जनामा संक्रमण पुष्टि भएको थियो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा वैशाख १४ गते परीक्षण गरिएका १५७ नमुनामध्ये ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख मणिराम महतोले जानकारी दिएका छन् ।
 
सङ्क्रमित हुनेहरुमा भरतपुर महानगरका १६ पुरूष र २६ महिला रहेका छन् । यस्तै, रत्ननगरका २ पुरूष १ महिला, खैरहनीका २ पुरूष, राप्तीका १, कालिकाका १, नवलपरासीका ४ पुरूष, तनहुँका १ पुरूष, गोरखाका १ महिला, प्युठान, बारा, र हेटौँडाका १÷१ पुरूष रहेका छन् ।
 
यस्तै, चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा परीक्षण गरिएका २३१ नमुनामध्ये १०६ जनामा सङ्क्रमण पुष्टि भएको माइक्रोबायोलोजी विभागका प्रमुख डा. अनुप पौडेलले जानकारी दिए । 
 
डा. पौडेलका अनुसार सङ्क्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरका मात्रै ४९ जना छन् । जसमा २९ महिला र २० पुरूष रहेका छन् । यस्तै, रत्ननगर नगरपालिकामा १७ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमा १० महिला र ७ महिला रहेका छन् । खैरहनीका ३ महिला १ पुरूष, नवलपुरका ८ पुरूष ५ महिला रहेका छन् । 
 
यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड प्रयोगशालामा परीक्षण गरिएका १६५ नमुनामध्ये १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरका ४ महिला र ३ पुरूष, सर्लाहीका २, कैलालीका २, पर्सा, बाँके, रुपन्देही, झापा, दाङ, दैलेख, कपिलवस्तुका १÷१ जना रहेको रहेको बीपी कोइराला क्यान्सर अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माले जानकारी दिए ।