मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चाँडै कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्छ : गगन थापा

चाँडै कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्छ : गगन थापा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी । नेपाली कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको सरकार चाँडै बन्ने बताएका छन् ।
 
संयुक्त सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने उनले ठोकुवा गरे । ‘अहिले देशलाई ओलीकरणबाट जोगाउने बेला हो । कांग्रेस पार्टीभित्र प्रधानमन्त्री को हुने भनेर झगडा गर्ने बेला होइन । प्रधानमन्त्री सभापति देउवा नै हुनुहुन्छ, त्यसमा विवाद छैन’, उनले भने ।
 
प्रधानमन्त्री ओलीलाई हटाउन जति ढिलाइ ग¥यो त्यति देशमा संकट गहिरिँदै जाने भएकाले ओलीलाई सत्ताबाट च्यूत गर्नुपर्ने उनले बताए । ओलीलाई हटाउन तीन दलबीच सहमति भइसकेको उनले जिकिर गरे ।
 
पूर्वी नवलपरासीको हर्कपुरमा चौधरी ग्रुपले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजको शनिबार निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले सो कुरा बताएका हुन् ।
 
ओलीले अख्तियार र संवैधानिक अङ्गहरु ध्वस्त पारेका छन् देशलाई ओलीकरणबाट जोगाउनका लागि उनलाई फाल्न एक दिन पनि ढिला गर्न नहुनेमा सत्ता साझेदारीको नजिक पुगेका तीन वटै दल एक भएको उनले बताए ।
 
उनले थपे, ‘ओलीमा बदनियतै बदनियत छ । ४० वर्ष एउटै पार्टीमा संघर्ष गरेका आफ्नै साथी सिध्याउन अख्तियारसहित संवैधानिक अङ्ग परिचालन गरेर ठेगान लगाउने मान्छेबाट देश जोगाउन पर्नेछ ।’ ओलीले अख्तियार, अदालत र संवैधानिक अङ्गहरु ध्वस्त पारेर देश ओलीकरण गरिसकेकाले उनीबाट देश जोगाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको उनले सुनाए ।
 
अब सत्ता साझेदारीमा जाने तीन वटै दल (कांग्रेस, माओवादी र जसपा)मा ओलीबाट ध्वस्त भइसकेको देश जोगाउने जिम्मेवारी आएको थापाले सुनाए ।
 
‘पार्टी झगडा मिलाउन नसकेर संसद् विघटन गरे’, उनले भने, ‘आफ्नै साथी तह लगाउन संवैधानिक अंगको चरम दुरूपयोग गरे यस्तो अवस्थामा कांग्रेस टुलुटुलु हेरेर बस्न सक्दैन । ओलीले दुर्घटनाको डिलमा लगेको देश जोगाउन पनि कांग्रेसको नेतृत्व आवश्यक छ ।’
 
ओलीको तीन वर्षे शासनकालमा संसदीय व्यवस्था ध्वस्त पार्ने, संवैधानिक अङ्ग पङ्गु बनाउनेबाहेक कुनै काम नभएको उनले जिकिर गरे । देशलाई ट्रयाकमा ल्याउन अब तीन दल अघि बढिसकेको र चाँडै कांग्रेसको नेतृत्वमा सरकार बन्ने उनले दाबी गरे । 
 
पूर्वी नवलपरासीको हर्कपुरमा चौधरी ग्रुपले बनाएको सिजी उन्नति कल्चरल भिलेज देशकै गौरव भएको नेता थापाले बताए । उनले निजी क्षेत्रले कलाकार, साहित्यकार, लेखक, कवि, मूर्तिकार, चित्रकारसमेत रमाउने गरी कल्चर भिलेजको निर्माण गरेर स्रष्टालाई गुन लगाएको सुनाए । 
 
उनले हर्कपुरको यो कला गाउँ (कल्चरल भिलेज) बाट देशले सिक्नुपर्ने पनि सुनाए । यस्तो स्थल र कला केन्द्रको कल्पना गरेर यति मनमोहक स्थल बनाएको भन्दै उनले विनोद चौधरीको खुलेर प्रशंसा गरे । 
 
देशको अवस्था कस्तो भनेर थाहा पाउन त्यहाँका कलाकार र स्रष्टालाई हेर्न पर्ने बताए । यो कल्चर भिजेल सबैले पटक–पटक हेरुन् सिकून् थापाले भने यो देशकै गौरव हो ।