मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

शुक्रबार १०४४ जनामा कोरोना संक्रमण, १२७१ जना डिस्चार्ज, थप ११ जनाको मृत्यु

शुक्रबार १०४४ जनामा कोरोना संक्रमण, १२७१ जना डिस्चार्ज, थप ११ जनाको मृत्यु


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा शुक्रबार कुल ७४१४ जनाको नमुना परीक्षण गरिएकोमा १०४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार शुक्रबार थप ११ सहित १६७४ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

पछिल्लो २४ घन्टामा थप १२७१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ । जुन कुल संक्रमितको ९४.४० प्रतिशत हो । 

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हालसम्म १८ लाख २० हजार ६१८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५१९ जना र आइसोलेसनमा १२ हजार १४८ जना रहेका छन् ।

 

शेयर गर्नुहोस:

0
Shares