नेपाल

बिहीबार १२१७ जनामा कोरोना संक्रमण, १०६४ जना डिस्चार्ज, थप १२ जनाको मृत्यु

बिहीबार १२१७ जनामा कोरोना संक्रमण, १०६४ जना डिस्चार्ज, थप १२ जनाको मृत्यु


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेपालमा बिहीबार कुल ७२३२ जनाको नमुना परीक्षण गरिएकोमा १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार बिहीबार थप १२ सहित १६६३ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

पछिल्लो २४ घन्टामा थप १०६४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ । जुन कुल संक्रमितको ९४.२८ प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप ४१४ जना संक्रमित थपिएका छन् । काठमाडौँका ३३८, ललितपुरका ५१ र भक्तपुरका २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख १४ हजार ३४२ पुगेको छ । जसमा काठमाडौँमा कुल ९१ हजार ९१५ संक्रमित भएका छन् । यस्तै, ललितपुरमा १४ हजार २९ जना संक्रमित भएका छन् भने भक्तपुरमा ८ हजार ३०३ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हालसम्म १८ लाख १३ हजार २०५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५१५ जना र आइसोलेसनमा १२ हजार ३८६ जना रहेका छन् ।