मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार १०१४ जनामा कोरोना संक्रमण, १६२८ जना डिस्चार्ज, थप २० जनाको मृत्यु

सोमबार १०१४ जनामा कोरोना संक्रमण, १६२८ जना डिस्चार्ज, थप २० जनाको मृत्यु


काठमाडौँ । नेपालमा सोमबार कुल ६२२० जनाको नमुना परीक्षण गरिएकोमा १०१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार सोमबार थप २० सहित १६१४ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप १६२८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । जुन कुल संक्रमितको ९३.९८ प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप ४४२ जना संक्रमित थपिएका छन् । काठमाडौँका ३४४, ललितपुरका ६७ र भक्तपुरका ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख १२ हजार ८२७ पुगेको छ । जसमा काठमाडौँमा कुल ९० हजार ७७२ संक्रमित भएका छन् । यस्तै, ललितपुरमा १३ हजार ७९० जना संक्रमित भएका छन् भने भक्तपुरमा ८ हजार १७० जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हालसम्म १७ लाख ९० हजार ७३९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५२७ जना र आइसोलेसनमा १२ हजार ९४८ जना रहेका छन् ।