नेपाल

आइतबार १०९६ जनामा कोरोना संक्रमण, १७५२ जना डिस्चार्ज, थप १७ जनाको मृत्यु

आइतबार १०९६ जनामा कोरोना संक्रमण, १७५२ जना डिस्चार्ज, थप १७ जनाको मृत्यु


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको दर घट्दै गएको छ । आइतबार कुल ६४९५ जनाको नमुना परीक्षण गरिएकोमा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार ६०७४ जनाको नमुना परीक्षण गर्दा १०२४ जनामा संक्रमण पुष्टि भएको थियो । नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार आइतबार थप १७ सहित १५९४ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

पछिल्लो २४ घन्टामा थप १७५२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । जुन कुल संक्रमितको ९३.७० प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप ४८४ जना संक्रमित थपिएका छन् । काठमाडौँका ३५१, ललितपुरका ७४ र भक्तपुरका ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख १२ हजार ३८५ पुगेको छ । जसमा काठमाडौँमा कुल ९० हजार ४२८ संक्रमित भएका छन् । यस्तै, ललितपुरमा १३ हजार ७५९ जना संक्रमित भएका छन् भने भक्तपुरमा ८ हजार १७० जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हालसम्म १७ लाख ८४ हजार ५१९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५३६ जना र आइसोलेसनमा १३ हजार ५८२ जना रहेका छन् ।