मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनसहित देशभर राजतन्त्रको पक्षमा विशाल प्रदर्शन

चितवनसहित देशभर राजतन्त्रको पक्षमा विशाल प्रदर्शन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनमा शनिबार राजतन्त्रको पक्षमा बृहत प्रदर्शन भएको छ । राजसंस्था पुनःस्थापना गर्न माग गर्दै राजावादीहरुले विशाल र्‍याली निकालेका छन् । राष्ट्रवादी चितवन समाजद्वारा आयोजित र्‍यालीमा हजारौँ राजतन्त्र पक्षधरहरुको सहभागिता थियो ।

भरतपुरको केन्द्रीय बसपार्कबाट सुरू भएको मोटरसाइकल र गाडीसहितको बृहत र्‍याली हाकिमचोक हुँदै चौबिसकोठी–पुलचोक–आँपटारी पुगेर बाइपास रोड हुँदै पुनः केन्द्रीय बसपार्क पुगेको थियो । र्‍यालीमा सहभागीहरुलराजसंस्था पुनःस्थापना गर्नुपर्नेमा जोड दिए । र्‍यालीमा राजा आऊ देश बचाउ, गणतन्त्र मुर्दावाद, हिन्दुराष्ट्र कायम गरजस्ता नारा लगाएका थिए ।  

गणतन्त्र आएपछि भ्रष्टाचार मौलाएको, जनताले सयौँ छोटे राजा पाल्नुपरेको राष्ट्रियता कमजोर बन्दै गएको भन्दै राजावादी अभियन्ता वसन्तविक्रम पाण्डेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको फोटो र शालिकमा थुक्नेहरुलाई दण्ड दिन गणतन्त्र हटाउनुपरेको जिकिर गरे । उनले बलात्कारीलाई कारबाही र गणतन्त्रलाई बिदाइ गर्न आवश्यक रहेको औँल्याए । 

शनिबार राजतन्त्रको पक्षमा राजधानी काठमाडौँसहित देशभर र्याली तथा प्रदर्शनहरु भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीले विशाल शक्ति प्रदर्शन गरेको छ । काँकरभिट्टाबाट सुरु भएको र्‍याली बिर्तामोडमा आएर कोणसभामा परिणत भएको थियो ।  

कार्यक्रममा राप्रपाका प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले शनिबारको देशव्यापी प्रदर्शन सुरुवात मात्र भएको बताए । राजसंस्था तथा हिन्दुराष्ट्र देशको आवश्यकता भएको भन्दै उनले यो प्रदर्शन संकेतमात्र भएको बताएका छन् ।