नेपाल

शनिबार १०२४ जनामा कोरोना संक्रमण, २२०६ जना डिस्चार्ज, थप १० जनाको मृत्यु

शनिबार १०२४ जनामा कोरोना संक्रमण, २२०६ जना डिस्चार्ज, थप १० जनाको मृत्यु


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेपालमा शनिबार १०२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार शनिबार थप १० सहित १५७७ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

पछिल्लो २४ घन्टामा थप २२०६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख २४ हजार ५३ पुगेको छ । जुन कुल संक्रमितको ९३.४० प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप ४६० जना संक्रमित थपिएका छन् । काठमाडौँका ३४९, ललितपुरका ६५ र भक्तपुरका १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख ११ हजार ९०१ पुगेको छ । जसमा काठमाडौँमा कुल ९० हजार ७७ संक्रमित भएका छन् । यस्तै, ललितपुरमा १३ हजार ६८५ जना संक्रमित भएका छन् भने भक्तपुरमा ८ हजार १११ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप ६ हजार ७४ जनासहित हालसम्म १७ लाख ७८ हजार २४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५३६ जना र आइसोलेसनमा १४ हजार २५५ जना रहेका छन् ।