काठमाडौँ । नेपालमा बिहीबार १९२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या दुई लाख ४ हजार २४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार बिहीबार थप १५ सहित एक हजार १८९ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घन्टामा थप २३४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ६४ हजार ५९२ पुगेको छ । जुन कुल संक्रमितको ८०.५९ प्रतिशत हो ।
काठमाडौँ उपत्यकामा थप ९७३ जना संक्रमित थपिएका छन् । काठमाडौँका ७६४, ललितपुरका १२६ र भक्तपुरका ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ९३ हजार ७०४ पुगेको छ । जसमा काठमाडौँमा कुल ७६ हजार ८१, ललितपुरमा १० हजार ८०१ र भक्तपुरमा ६ हजार ८२२ जना रहेका छन् ।
मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ ।
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप १० हजार २२ जनासहित हालसम्म १५ लाख ८४ हजार ३१७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ९७४ जना र आइसोलेसनमा ३८ हजार ४६१ जना रहेका छन् ।
देशभर २९ हजार ३८४ जना होम आइसोलेसनमा रहेका छन् संस्थागत आइसोलेसनमा रहेकामध्ये देशभर ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ३७३ जनाको आइसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया