नेपाल

२५७१ जनामा कोरोना पुष्टि, १७९८ जना डिस्चार्ज, एकैदिन १८ जनाको मृत्यु

२५७१ जनामा कोरोना पुष्टि, १७९८ जना डिस्चार्ज, एकैदिन १८ जनाको मृत्यु


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेपालमा सोमबार २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या एक लाख ९७ हजार २४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार शनिबार थप १७ सहित एक हजार ८७ जनाले ज्यान गुमाएका छन् । 

पछिल्लो २४ घन्टामा थप १७९८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ५९ हजार ७२४ पुगेको छ । जुन कुल संक्रमितको ८१.०७ प्रतिशत हो ।       

Advertisement

काठमाडौँ उपत्यकामा थप १४२८ जना संक्रमित थपिएका छन् । काठमाडौँका ११३६, ललितपुरका २०१ र भक्तपुरका ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ९० हजार ५० पुगेको छ । जसमा काठमाडौँमा कुल ७३ हजार २००, ललितपुरमा १० हजार २७८ र भक्तपुरमा ६ हजार ५७२ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ र बाजुरा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप ११ हजार १७७ जनासहित हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ९६७ जना र आइसोलेसनमा ३६ हजार १७४ जना रहेका छन् ।

देशभर २९ हजार ८३६ होम आइसोलेसनमा रहेका छन् संस्थागत आइसोलेसनमा रहेकामध्ये देशभर ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ४११ जनाको आइसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।