मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

२५७१ जनामा कोरोना पुष्टि, १७९८ जना डिस्चार्ज, एकैदिन १८ जनाको मृत्यु

२५७१ जनामा कोरोना पुष्टि, १७९८ जना डिस्चार्ज, एकैदिन १८ जनाको मृत्यु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा सोमबार २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या एक लाख ९७ हजार २४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार शनिबार थप १७ सहित एक हजार ८७ जनाले ज्यान गुमाएका छन् । 

पछिल्लो २४ घन्टामा थप १७९८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ५९ हजार ७२४ पुगेको छ । जुन कुल संक्रमितको ८१.०७ प्रतिशत हो ।       

काठमाडौँ उपत्यकामा थप १४२८ जना संक्रमित थपिएका छन् । काठमाडौँका ११३६, ललितपुरका २०१ र भक्तपुरका ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ९० हजार ५० पुगेको छ । जसमा काठमाडौँमा कुल ७३ हजार २००, ललितपुरमा १० हजार २७८ र भक्तपुरमा ६ हजार ५७२ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ र बाजुरा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप ११ हजार १७७ जनासहित हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ९६७ जना र आइसोलेसनमा ३६ हजार १७४ जना रहेका छन् ।

देशभर २९ हजार ८३६ होम आइसोलेसनमा रहेका छन् संस्थागत आइसोलेसनमा रहेकामध्ये देशभर ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ४११ जनाको आइसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।