मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

शनिबार २७५३ जनामा कोरोना पुष्टि, थप १७ जनाको मृत्यु, ८१ प्रतिशत संक्रमित निको भए

शनिबार २७५३ जनामा कोरोना पुष्टि, थप १७ जनाको मृत्यु, ८१ प्रतिशत संक्रमित निको भए


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा शनिबार २७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या एक लाख ९१ हजार ६३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार शनिबार थप १७ सहित एक हजार ८७ जनाले ज्यान गुमाएका छन् । 

पछिल्लो २४ घन्टामा थप २२०६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ५५ हजार ११४ पुगेको छ । जुन कुल संक्रमितको ८०.९४ प्रतिशत हो ।       

Advertisement

काठमाडौँ उपत्यकामा थप १५१२ जना संक्रमित थपिएका छन् । काठमाडौँका १२९४, ललितपुरका १४१ र भक्तपुरका ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ८७ हजार ८९ पुगेको छ । जसमा काठमाडौँमा कुल ७० हजार ७७०, ललितपुरमा ९ हजार ९१५ र भक्तपुरमा ६ हजार ४०४ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ र बाजुरा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप १० हजार ४२३ जनासहित हालसम्म १५ लाख २५ हजार ७७६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा १ हजार ११४ जना र आइसोलेसनमा ३५ हजार ४३५ जना रहेका छन् ।

देशभर २८ हजार ९२० होम आइसोलेसनमा र ६ हजार ५१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै, देशभर ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ३६५ जनाको आइसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

 

शेयर गर्नुहोस:

0
Shares