मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

पहिलो प्रत्यक्ष बहसमा ट्रम्प नै हावी

पहिलो प्रत्यक्ष बहसमा ट्रम्प नै हावी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- राष्ट्रपति पदका दुई मुख्य उम्मेदवार विच मंगलवार भएको पहिलो प्रत्यक्ष बहसमा रिपब्लिकन पार्टीवाट पुन उम्मेदवार चयन भएका डोनाल्ड ट्रम्प हावी देखिएका छन् । 

चर्चित व्यवसायी ट्रम्पले आफु चतुर राजनीतिज्ञ भएको पनि यो बहसमा देखाउन सफल भए । धेरैको आशा थियो ट्रम्पलाई डेमोक्र्याटीक पार्टीवाट उम्मेदवार भएका पुर्व उपराष्ट्रपति जो वाइडेनले रक्षात्मक अवस्था पुर्याउन छन् । तर, बहस ठिक उल्टो चालमा हुन पुग्यो । वाइडेन रक्षात्मक स्थितिमा जानु पर्ने अवस्था आयो । 

यदी यो बसहलाई आधार मान्ने हो भने ट्रम्प बलियो संभावना भएका उम्मेदवार हुन् । सही वा गलत तर, ट्रम्पका भनाईहरु सामान्य आम मतदातालाई प्रभावित पार्ने खालका थिए । उनले स्पष्ट रुपमा आफुले अमेरिकालाई ग्रेट वनाएको शैलीमा अभिव्यक्ति दिईरहेका थिए । 

बहस अमेरिकाको सर्वोच्च अदालतमा हालै न्यायाधिशको नियुक्तीको विषयमा भईरहेको विवादवाट शुरु भएको थियो । यो मुद्दामा राष्ट्रपति ट्रम्पले नयां नियुक्ती गर्नु आफ्नो पदिय अधिकार भएको दावी गरे । यस विषयमा वाइडेनले स्वास्थ्य क्षेत्रसंग जोडेर आफ्नो धारणा राखेका थिए । तर, यो त्यत्ति तर्कसंगत थिएन । 

डेढ घण्टाको बहसमा कोभिड १९, स्वास्थ्य विमा, अमेरिकी अर्थतन्त्र, पर्यावरण लगायतका विषय उठेका थिए । यी विषय डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा सवैभन्दा राम्रो काम गरेको पटक पटक दावी गरे । 

वाइडेनको मुख्य तर्क ट्रम्प अमेरिकालाई नेतृत्व गर्न लायक व्यक्ति नै होइनन भन्ने थियो । तर, ट्रम्पले डेमोक्र्याटीक पार्टीले ४७ बर्ष शक्तिमा हुदां अमेरिकालाई कमजोर वनाएको आरोप लगाईरहे । उनले डेमोक्र्यार्टीक पार्टीलाई बामपन्थी विचारवाट प्रभावित भन्न पनि छाडेनन् । 

ट्रम्पको ट्याक्स फाइल सम्वन्धि हालै सार्वजनिक विवादले यो बसहमा खासै महत्व पाएन । यसलाई वाइडेनले प्रभावकारी रुपमा मुद्दा वनाउन सकेनन् । ट्रम्पले वरु यो मुद्दा खासै केही होइनन जस्तो गरी आफ्नो कुरा राखे । तस्बिर: सामाजिक संजाल