मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार थप १०८१ सहित संक्रमितको संख्या ४९ हजार २१९ पुग्यो, ९१८ जना डिस्चार्ज

बुधबार थप १०८१ सहित संक्रमितको संख्या ४९ हजार २१९ पुग्यो, ९१८ जना डिस्चार्ज

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ११ हजार १६७ जनाको पिसिआर परीक्षणका क्रममा १०८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । जसमा १५ हजार २५ जना सक्रिय संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौं उपत्यकाका थप ४६४ जनामा संक्रमित थपिएका छन् । काठमाडौँका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ९४४० पुगेको छ । जसमा काठमाडौँमा कुल ७६११, ललितपुरमा १०११ र भक्तपुरमा ८१८ जना रहेका छन् ।   

मन्त्रालयका अनुसार चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, मकवानपुर, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सप्तरी, सर्लाही, बारा, डोटी, बाजुरा, कैलाली, कन्चनपुर, पाल्पा, पश्चिम नवलपरासी, दाङ, बाँके, दैलेख, अछाम र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित रहेका छन् । सोलुखुम्बु, मुस्ताङ, ताप्लेजुङ, डोल्पा र हुम्लामा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । 

त्यस्तै, बुधबार एकैदिन कोरोना संक्रमण निको भई ९१८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । जुन कुल संक्रमितको ६८.८४ प्रतिशत हो ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ७ लाख ९९ हजार ३४१ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ५ हजार ४८० जना क्वारेन्टाइनमा र १५ हजार २५ जना आइसोलेसनमा रहेका छन् ।

जसमा संस्थागत आइसोलेसनमा ७ हजार ९८८ जना र होम आइसोसनमा ७ हजार ३७ जना रहेका छन् । जसमध्ये २२ जनाको भेन्टिलेटरमा र १६२ जनाको आइसियूमा उपचार भइरहेको छ ।