काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।
श्रीमतीलाई सामान्य रुघाखोकी लागेर चेकजाँचका लागि ग्रान्डी अस्पताल पुगेपछि दुई दिनअघि मेयर शाक्यको पनि कोरोना परीक्षण गरिएको थियो । सोमबार कोरोना संक्रमण पुष्टि भएको उनका प्रेस सहयोगी मोहन बास्तोलाले बताए । उनी होम आइसोलेसनमा बसेका छन् । उनकी श्रीमतीलाई भने कोरोना संक्रमणको लक्षण देखिएको छैन
आफूलाई संक्रमण देखिएपछि आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न मेयर शाक्यले आग्रह गरेका छन् ।












प्रतिक्रिया