नेपालमा केही दिन अघि विदेशमा नेपालीको यती लगानी छ, बैंक खाता छन भन्ने समाचार आयो । अहिले यो त्यसै सेलाएर गयो । विदेशमा जसको लगानी छ, खाता छ भनियो नाम आयो कसैलाई आश्चर्यमा पारेन । त्यहां खाली व्यवसायीको नाम थियो । ब्यवसायीको विदेशमा लगानी र खाता हुनु अहिले सामान्य हो । हज्जारौं नेपालीका अहिले विदेशमा खाता छन् । कहिले कांही त नेपालका गाउंको हुलाकमा समेत विदेशी बैंकले पठाएको खाता विवरण उल्लेखित पत्र पुग्ने गर्छ ।
विनय पढ्न अमेरिका आएका थिए । यहां पैसा कमाउन सकिने अवसर देखे, लगानी गरे । त्यसवेला उनीसंग अमेरिका स्थायी रुपमा वस्न पाउने विद्यार्थी भिषा वाहेक कुनै कागजात थिएन । तर, अवसर देखेका थिए टेक्ससमा कम्पनी खोले व्यवसाय गरे । केही बर्ष मै उनले १४, १५ करोड रुपैंया कमाएर नेपाल पठाए । त्यहां जग्गा जमिन किने । टेक्ससमा अहिलेपनि उनका थुप्रै कम्पनी र व्यवसाय छन् । उनको लगानी विस्तार गर्ने क्रम रोकिएको छैन । नेपालमा घरजग्गामा लगानीवाट माथि उठेर नयां कम्पनीमा पनि उनले लगानी शुरु गरेका छन् । यो ४० बर्षपनि नपुगेका नेपाली युवाको सफलताको कथा हो ।
टेक्ससमा यस्ता थुप्रै नेपाली भेटिन्छन् । विद्यार्थीका रुपमा आएर अमेरिकामा दुख्ख गरेर कमाएको पैसा लगानीवाट एक सयवटा भन्दा वढीका स्टोर मालिक भएकाहरु पनि छन् । उनीहरुका यहां कयौं व्यवसाय र कम्पनी छन । लगानी अमेरिकामा मात्र सिमित छैन । नेपाल पनि लगेका छन् ।
अमेरिकाको लसएञ्जसमा वेदभक्त जोशी परिवारले स्थायी बसोबास गरेको करिव ४० बर्ष भयो । उनका छोरा किरणभक्त जोशी हलिउड शहर लसएञ्जलसै वढ्े । पढे । उनको अमेरिकामा एनिमेशन स्टुडियो छ । खोज पत्रकारिता केन्द्र नेपालले विदेशीसंस्था आईसीआईजेसंग मिलेर सार्वजनिक गरेको विदेशमा लगानी गर्ने व्यक्तिको सूचीमा जोशीको नाम पनि परेको छ । नेपालका व्यवसायी संजिवराज भण्डारीसंग जोशीलाई जोडिएको छ । जोशी न नेपालमा वसे न त्यहां कमाए । अमेरिकामा अवसर देखे, कम्पनी खोले व्यवसायी वने । उनको स्टुडियो दुई बर्ष अघि रिलिज भएको हलिउडको चर्चित फिल्म द लाएन किंगमा संलग्न भएको थियो । उक्त फिल्मवाट जोशी चर्चित पनि भएका थिए । द वासिंटन पोष्टले जोशी र उनको कम्पनीको कामको प्रशंसा गर्दै समाचार पनि दिएको थियो ।
अमेरिकामा फ्लोरिडा देखि हवाईका टापुसम्म नेपालीका व्यवसाय छन् । टेक्ससमा मात्र झण्डै एक हजार ग्यांस स्टेशनमा नेपालीको लगानी भएको वताईन्छ । दुई चारवाट स्टोरहुने नेपाली सामान्य भईसके । ग्यांस स्टेशन वाहेक आईब्रे थ्रेडिगं, रेष्टुरेष्ट, फास्डफुड, घरजग्गा किनवेच, होटल लगायतमा नेपालीले लगानी गरेका छन् । यसका लागि नेपालीका नाममा अमेरिकामा हज्जारौं कम्पनी भेटिन्छन् । अमेरिका मात्र होइन, खाडी मुलुक, मलेसिया, जापान, यूरोप देखि अष्ट्रलियासम्म नेपालीका व्यवसाय छन् । उपेन्द्र महतो , शेष घले, भवन भट्ट, जिवा लामिछाने विदेशमा सफल व्यवसाय गर्दै आएका नेपाली हुन् । यसमा थुप्रै अरुपको नाम पनि थप्न सकिन्छ । भवनले एक बर्ष अघि सार्वजनिक रुपमा आफ्नो कम्पनीले विदेशमा बार्षिक झण्डै ३० अर्ब रुपैंया बरावरको कारोवार गर्ने दावी गरेका थिए । शेष अष्ट्रेलियाका धनी १०० जना भित्र पर्छन । जीवा युरोपका विभिन्न देशमा होटल चलाउंन । यस क्रममा त्यहां उनका कयौं कम्पनी र बैंकमा खाता हुने भए ।
रुसमा पढ्न जांदा त्यहां कमाउने अवसर देखेर उपेन्द्र महतो व्यवसायी हुन पुगे । उनले कयौं देशमा लगानी गरेका छन् । कम्पनी चलाईरहेका छन् । उनले चाहेको भए सायद धनीहरुको सूची वनाउन फोब्र्समा आउन सक्थे । महतोले नेपालमा पनि कम लगानी गरेका छैनन् । मेडसिटी अस्पतालमा उनको ठुलो लगानी भएको छ । नेपालमा बैंक, हाइड्रो, संचार लगायतका क्ष्ँेत्रमा महतोले अरर्बौ रुपैंया लगानी गरेका छन् । विदेशमा कमाएको पैसा उनले नेपालमा लगेर लगानी गरेका हुन् । पैसा कानुनी रुपमा जहांवाट सजिलो हुन्छ त्यही बाट लानुपर्ने हुन्छ । व्यवसायीले सजिलो र फाइदा खोज्नु समान्य पनि हो । उपेन्द्रले त्यही गरे जुन व्यवसायीले गर्छ ।
नेपालमा लगानी गर्न लागेका नेपाली व्यवसायीले हास्दैं भने ,मैले नेपालमा लगानीका लागि अमेरिकावाट पैसा लैजानु थियो ,यसका जानकारले भने पानामावाट पठाउनुहोस सजिलो हुन्छ, सस्तो पर्छ , मैले त्यहां सुझाव मानिन् नत्र मेरो नाम पनि आउने रहेछ ।
अमेरिकाको न्यूयोर्कमा कानुन व्यवसाय गर्ने खगेन्द्र जीसी भन्छन् नेपाली व्यवसायी जसले विदेशमा व्यवसाय गर्छ उसको विदेशमा कम्पनी र बैंक खाता हुनु सामान्य हो । यसलाई गलत रुपमा चित्रण गर्नु वकवास हो ।
नेपालमा २०२१ सालमा वनेको कानुनले विदेशमा लगानी गर्न प्रतिवन्ध लगाएको छ । करिब १० बर्ष अघि तत्कालिन अर्थमन्त्री डा रामशरण महत द्धारा प्रस्तुत सरकारको बजेट व्यक्तब्यमा नेपालीलाई विदेशमा लगानी गर्न बाटो खुला गर्ने गरी कानुन, नियम ल्याउने घोषणा भएको थियो । यो बजेटलाई तत्कालिन संसदले स्विकृत गरेको थियो । तर, यस अनुसार कानुन भने अहिले सम्म आएको छैन ।
विदेशमा लगानी गर्ने नेपाली व्यवसायीको प्रश्न छ ? संसदले स्विकृत गरेको बजेट अनुसार किन कानुन आएन ?
यही थत्रो कानुनका कारण विनोद चौधरीले डराई डराई विदेशमा आफ्नो व्यवसाय विस्तार गरेका थिए । नेपालमा माओवादीको द्धन्द्धका कारण असुरक्षा, चन्दा आतंकले लगानी गर्ने वातावरण थिएन । यो वाध्यताले विनोद कानुन नभएपनि विदेशमा व्यवसाय गर्ने अवसर छोप्न पुगेका थिए । अहिले विनोद तेस्रो विश्व भनिने नेपाल जस्ता गरिब देशवाट उदाएका बहुराष्ट्रिय उद्यमी भएका छन् । उनको आक्रमक व्यवसाय विस्तार गर्व गर्न लायक छ ।
अहिले विकसित देशका मात्र बहुराष्ट्रिय उद्यमी हुन्छन भन्ने परम्परागत मान्यता गलत सावित भईसकेको छ । भारत, चीन, अफ्रिका लगायतवाट कयौं बहुरािष्ट्रय उद्यमी उदाएका छन् । नेपाल भन्दा पछि आर्थिक उदारिकरण शुरु गरेको भारतले आफ्ना व्यवसायीलाई बहुराष्ट्रिय वन्न अभिप्ररित गरिरहेको छ । चीन यसमा अझ आक्रमक छ । भारत र चीनका व्यवसायी युरोप, अमेरिका, अफ्रिका पुगिसकेका छन् । यसमा त्यहांको सरकारको पनि सहयोग छ ।
जीसी भन्छन् अमेरिकामा पनि कयौं कम्पनीले ट्याक्स हेभन भएका देशमाकम्पनी खोलेर कर वचाएका छन् । व्यवसायमा यो हुन्छ, उनले भने रेमिट्यान्स व्यवसाय गर्ने नेपालको कम्पनीले विदेशमा कमपनी खोल्यो यो के असमान्य भयो र , जीसीले भने ।
खाडीमा व्यवसाय गरेका रामेश्वर शाहले आफ्नो फेसबुकमा लेखेका छन् ,६० लाख गैर आवासिय नेपालीहरुको प्रवासमा परिवर्तित मुद्राका बैंक खाताहरु छन् । कतिपय खाताहरु दैनिक प्रयोजनका लागि छन भने कतिपय नियमित बचत र व्यवासायिक लगानीका । ति सबै रकम कालो धन होइन । देश भित्र खरर्बौ हसुर्ने लाई उन्मुक्ति दिदैं गर्दा बािहर कमाएर राखेका केही अरबमा के को रोईलो ।
खोपकेको समाचार पछि व्यवसायी चन्द्र ढकालले पत्रकार सम्मेलन नै गरेर भने स्विस बैंकमा हाम्रो कुनै खाता र रकम मौज्दात भेटिए त्यो सरकारले जफत गरोस्, त्यस्तो गैरकानुनी काम गरेको फेला पारे हामीलाई दण्डित गरियोस ।
व्यवसायी ढकाल नेपालमा बैंकिगं प्रणाली मार्फत रेमिट्यान्स ल्याउने अग्रणी व्यवसायी हुन् । चन्द्रागिरी केवलकार, बैंक लगायतमा उनको लगानी छ । सात वटै प्रदेशमा होटल र व्यवसाय खोल्ने योजनामा उनी सकृय छन् । आफ्नो व्यवसायमा नेपाल भित्र र वाहिर उनले सयौं नेपालीलाई रोजगार दिएका छन् । अन्य नेपालका व्यवसायीलेपनि यो हल्लाको प्रतिवाद गरेका छन् ।
विदेशमा नेपालीको कति लगानी भएको छ यसको अध्ययन भएको छैन । तर, करिव ३ लाख नेपाली समुदाय वस्ने अनुमान गरिएको अमेरिकामा मात्र भण्डै २०० अर्ब रुपैंया नेपालीले विभिन्न कम्पनी र व्यवसायमा लगानी गरेको अनुमान छ । यो वढ्दो क्रममा छ । यसरी व्यवसाय गर्ने एकादुई अपवादलाई छाडेर सवैले यही कमाएर व्यवसाय विस्तार गरेका हुन् । गत आर्थिक बर्ष अमेरिकावाट मात्र १७० अर्ब रुपैंया रेमिट्यान्स नेपाल गयो । यसमा विनयजस्ता अमेरिकाका व्यवसायीले पठाएको पैसाको हिस्सा उल्लेख्य छ । अमेरिकावाट गएको पैसा घरजग्गा जोड्न लगायत विभिन्न व्यवसाय गर्न र व्यवसायमा लाग्ने आफन्त र साथीभाईलाई सहयोग गर्न लगानी भएको छ ।
नेपालको कुल जनसंख्या मध्ये करिव २० प्रतिशत नेपाल वाहिर रहेको अनुमान छ । नेपालीहरु विश्वका धेरै देशमा पुगेका छन् । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ७५ भन्दा वढी देशमा गठन भएकाले पनि यसलाई पुष्टि गर्छ । यसरी जाने नेपालीका नामा विदेशमा हज्जारौं बंैक खाता, कम्पनी र व्यवसाय छन् । कसैले कर छलेर , भष्ट्रचार गरेर नेपालवाट विदेशमा पैसा लग्यो, भने यो गतल हो कारवाही गर्नु पर्छ जीसी भन्छन् तर, कसैले विदेशमा व्यवसाय गर्छ भने किन आपत्ती ?
प्रतिक्रिया