लहान । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नभए मुलुकमा अर्काे द्वन्द्वको बीउ रोपिने खतरा रहेको बताएका छन् ।
लहानमा प्रदेश नं १ र २ का कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले पत्रकार सम्मेलनमा संविधानप्रति मधेशी जनताको तीव्र असन्तुष्टि रहेकाले यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
मधेशी दलका नेतामा अवसरवादी प्रवृत्ति देखिएको आरोप लगाउँदै उनले संविधान संशोधन गराउने विषय बोकेर जनताबाट पाएको मतको कदर गर्न उनले सुझाव दिए ।
यसअघि मंगलबारै डा भट्टराईले लहानस्थित शहीद उद्यान पुगेर मधेस आन्दोलनको पहिलो शहीद रमेश महतोलगायतका शहीदको शालिकमा माल्यार्पण गरेका थिए । रासस






प्रतिक्रिया