चितवन । चितवन क्षेत्र नं १ को प्रदेश ‘क’बाट निर्वाचित दावादोर्जे लामा प्रदेश नं ३ को भूमिसुधार, कृषि तथा सहकारी मन्त्री बन्ने अवसर प्राप्त गरेका छन् । उनले संघीय संरचना व्यवस्थापनमा चितवनबाट पहिलो मन्त्री बन्ने अवसर पाएका हुन् ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार साँझ अस्थायी प्रदेश मुकाम हेटौंडामा सपथ ग्रहण गराएका हुन् ।
लामासहित अरुण नेपाल, (उद्योगमन्त्री) कैलाश ढुंगेल (अर्थमन्त्री) र युवराज दुलालले (सामाजिक विकासमन्त्री) समेत शपथ लिएका छन् । मुख्यमन्त्री पौडेलको नेतृत्वको मन्त्रिपरिषद् सात सदस्यीय बनेको छ । यसअघि नै आन्तरिक मामिलामा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रीमा एमालेको केशव स्थापित नियुक्त भइसकेका छन् ।







प्रतिक्रिया