काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसकै दिन पार्टी एकताको टुंगो लगाउने बताएका छन् ।
जनयुद्धको २३ औं वार्षिकोत्सवका अवसरमा मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने, “नेपालमा समाजवाद स्थापना गर्न कम्युनिष्ट पार्टीहरु मिल्नैपर्छ । नेकपा एमालेसँग एकताको टुंगो लगाउने कार्यकर्तालाई सकारात्मक सन्देश दिन लागेको छु ।”
जनयुद्धका दिनहरुको स्मरण गर्दै प्रचण्डले फरक बाटोमा हिँडेका मोहन वैद्य तथा नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि मूलधारमा आउन आग्रहसमेत गरे । उनले भने, “तपाईंहरु अझै पनि दिवास्वप्न देखेर नबस्नुस् । जनतासँग भागेर क्रान्ति सफल हुँदैन र समाजवाद पनि आउँदैन ।”
एमाले अध्यक्ष केपी ओलीले पनि जनयुद्धलाई स्वीकार गरिसकेको भन्दै प्रचण्डले पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।
प्रतिक्रिया