पोखरा, २४ माघ । प्रदेश नम्बर–४ बाट राष्ट्रियसभाका लागि बुधबार भएको निर्वाचनमा बाम गठबन्धनबाट ५ र नेपाली काग्रेसबाट २ जना विजयी भएका छन् । वाम गठनबन्धनबाट खुल्लामा २, महिलामा २ र दलितमा १ जना विजयी भएका छने भने नेपाली काग्रेसले खुला र महिलाबाट एक एक जना बिजयी भएका छन् ।
खुल्ला तर्फ वाम गठबन्धनका पर्वतका गणेश तिमिल्सीना, बागलुङका दिननाथ शर्मा, नेपाली काग्रेसका गोरखाका सुरेन्द्र पाण्डे विजयी बने ।
महिला तर्फ वाम गठबन्धनबाट बागलुङकी शान्ती जिसी, लमजुङकी दीपा गुरुङ, नेपाली काग्रेसकी कास्कीकी बृन्दा राना बिजयी भएका छन् ।
दलित कोटामा एमालेका खेमबहादुर विक विजयी भएका छन् । निर्वाचन अगाडी नै अपाङ्गता भएकाको कोटामा तनहूँका प्रकाश पन्थ बिजयी भएका थिए । एमालेका अपाङ्गतर्फ स्याङजाका रामबहादुर थापाको उमेद्वारी निर्वाचन आयोगले खारेज गरे पछि काग्रेसका पन्थ विजयी भएका हुन् ।
प्रदेश नम्बर ४ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी १ सय ७० जना र ६० जना प्रदेश सभा सांसद थिए । मनाङ प्रदेश सभा ख का राजीव गुरुङ ‘दीपक मनाङे’ बाहेक सबैले मतदान गरेका थिए ।
स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी १ सय ७० जना रहेकको १८ का दरले ३ हजार ६० र प्रदेश सभाका ६० जनामध्ये हरेकको ४८ का दरले २ हजार ८ सय ८० गरी ५ हजार ९ सय ४० मतभार रहेको थियो ।







प्रतिक्रिया