मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनलाई केन्द्रकै राजधानी बनाउनु पर्नेमा जोड

चितवनलाई केन्द्रकै राजधानी बनाउनु पर्नेमा जोड


चितवन । चितवनबाट प्रदेश सभाको प्रत्यक्षतर्पm विजयी सांसदहरुले ३ नम्बर प्रदेशको प्रदेश राजधानी कहाँ भन्ने विषयमा मिश्रित प्रतिक्रिया दिएका छन् ।
 
केहीले चितवन नै हुनुपर्ने बताएका छन्, केहीले हालको अस्थायी राजधानी हेटौंडा नै उपयुक्त रहेको बताएका छन् भने केहीले भूगोलको आधारमा सबै क्षेत्रका जनतालाई पायक पर्ने ठाउँमा हुनुपर्ने बताएका छन् । चितवन प्रतिनिधिसभा क्षेत्र १ (क)का सांसद् दावादोर्जे लामाले सवैलाई पायक पर्ने ठाउँमा राजधानी हुनुपर्ने बताए । 
 
‘चितवन नै हुनुपर्छ भन्दिन, सांसद् लामाले भने, ‘भोलि विरोध नआउने ठाउँमा हुनुपर्छ ।’ साथै प्रदेश सदस्यको दुई तिहाइ मतबाट राजधानी टुंगो लाग्ने हुँदा यस विषयमा कठोर भएर प्रतिक्रिया दिई हाल्नु पनि उपयुक्त नहुने उनले बताए ।’
 
क्षेत्र १ (ख) का सांसद् कृष्ण खनालले पनि संघियतामा मुलुक गएकाले प्रदेश राजधानी जनताको अनुकुल हुने ठाउँमा हुनु उपयुक्त रहने बताए । हाल रहेको अस्थायी राजधानी पनि अनुपयुक्त नरहेको प्रतिक्रिया दिँदै उनले भने, ‘क्षेत्र २ (क)का विजयी सांसद् घनश्याम दाहाल ‘अविनाश’ले चितवन नै राजधानी हुनुपर्ने आफूहरुको जिकिर नरहेको बताए । उनले भने, ‘भूगोलका आधारमा सवै जिल्लाका जनतालाई पायक पर्ने ठाउँमा हुनुपर्छ ।’ साथै उनले चितवनलाई प्रदेश नभई केन्द्रकै राजधानी बनाउने सवालमा आफूहरु लागि परेको बताए । 
 
क्षेत्र २ (ख) का सांसद् विजय सुवेदीले सकेसम्म चितवन र नभए हेटौडा नै उपयुक्त हुने प्रतिक्रिया दिए । हेटौंडा राजधानी भएको अवस्थामा फास्ट ट्रयाकबाट पनि जोडिने र पूर्वपश्चिम रेलमार्गले पनि छुने भन्दै चितवन नभए हालको अस्थायी राजधानी हेटौडा नै ठीक हुने बताए । साथै उनले केही मन्त्रालय र विभागहरु भने चितवनमा हुनुपर्ने बताए ।
 
प्रतिनिधिसभा क्षेत्र ३ (क) का सांसद कृष्ण भूर्तेलले प्रदेश राजधानीका लागि प्रदेश नं. ३ को हालको अस्थायी राजधानी भएको स्थान हेटौंडा नै उपयुक्त हुने प्रतिक्रिया दिए । रसुवा, सिन्धुपाल्चोकदेखि आउने मानिसका लागि केही अपायक देखिए पनि पूर्वाधार विकाससँगै सवै समस्या समाधान हुने उनको भनाइ छ । क्षेत्र ३ (ख) का सांसद रामलाल महतोले प्रदेश राजधानी कहाँ भन्ने विषय प्रदेश सभा सदस्यहरुको २ तिहाइले टुंगो लगाउने भन्दै आफूले चितवन वा हेटौंडा वा अन्य कुनै ठाउँको नाम नलिने बताए । 
 
प्रदेश सदस्यहरुको २ तिहाइ मतबाट हरेक प्रदेशको स्थायी राजधानी तोकिने छ । हाल चितवनका प्रदेशसभा प्रत्यक्ष निर्वाचित सांसदहरु चितवनभन्दा पनि हेटौँडा नै उपयुक्त रहेको निष्कर्षमा पुगेका छन् । केहीले चितवन नै हुनुपर्ने आवाज उठाए पनि त्यो केवल बोल्नका लागि मात्रै बोलेको चितवनबासीको वुझाइ छ । विगतमा चितवन केन्द्रीय राजधानी हुने चर्चा चले पनि हाल प्रदेश राजधानीसमेत नपाउँदा चितवनबासी अचम्मित बनेका छन् । 

शेयर गर्नुहोस:

0
Shares