मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा फरार कैदीमाथि प्रहरीले गोली चलायो, घाइतेलाई वीर अस्पताल लगियो

चितवनमा फरार कैदीमाथि प्रहरीले गोली चलायो, घाइतेलाई वीर अस्पताल लगियो


हिमालय खबर संवाददाता
चितवन । चितवनमा फरार एक कैदीमाथि प्रहरीले आज अपरान्ह गोली चलाएको छ । प्रहरीले चलाएको दुई राउण्ड गोली लागेर फरार कैदी रामेछाप दोरम्बा घर भएका ३० वर्षीय टीका थापा मगर घाइते भएका छन् ।
 
उनको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० भरतपुरमा एक्सरे गरेपछि काठमाडौंस्थित वीर अस्पतालको ट्रमा सेन्टरमा रिफर गरिएको छ ।
 
घाइते मगरको दाहिने हात र दाहिने खुट्टाको तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक ९डिएसपी० प्रभु ढकालले जानकारी दिए । उनको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए ।
 
आज अपरान्ह भरतपुर महानगरपालिका–१ रामनगरमा प्रहरीले चेकजाँच गर्दा भरतपुरबाट रामनगरतर्फ जाँदै गरेको ना ४७ प ५०५२ नम्बरको मोटरसाइकलको पछाडी सवार व्यक्तिले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको थियो । प्रहरीले गोली चलाउँदा चालक मगर गम्भीर घाइते भएका हुन् । प्रहरीलाई गोली चलाउने व्यक्ति भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 
प्रहरीको गोली लागी घाइते भएका मगर यही माघ ४ गते काठमाडौंको डिल्लीबजार कारागारबाट भागेका थिए । उनी डकैती मुद्दामा कैद सजाय भोगिरहेको प्रहरीले जनाएको छ । उनको खोजी गर्दै महानगरीय प्रहरी अपराध महाशाखाको टोली चितवन आइपुगेको थियो । फरार मगर रामनगर जाँदै गरेको सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखा टोली र चितवन प्रहरीको टोलीले रामनगरमा विशेष चेकजाँच गरेको थियो ।
 
सोही बेला मगरको पछाडी सवार व्यक्तिले प्रहरीमाथि गोली चलाएको थियो । लगत्तै प्रहरीले तीन राउण्ड गोली चलाएको थियो ।
 

शेयर गर्नुहोस:

0
Shares