काठमाडौँ । सरकारले वृद्ध भत्ता ६५ वर्षको उमेरमै दिने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले यसअघि ७० वर्षपछि दिइदै आएको भत्तालाई ५ वर्ष कम गराएको छ । साथै सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको रकम बढाउने निर्णय गरेको छ ।
सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको हो । बुधवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पीडितहरुलाई राहत स्वरुप दिँदै आएको रकम बढाउने विषयमा निर्णय गरेको हो ।
बैठकले सामाजिक परिचालकहरुले तालिम गरेबापत पाउने भत्तालाई समेत बढाउने निर्णय गरेको छ ।







प्रतिक्रिया