मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन मुख्य घटनाका अपराधीहरुको सेल्टर

चितवन मुख्य घटनाका अपराधीहरुको सेल्टर


चितवन । हत्या, अपहरणजस्ता घटनाका अभियुक्तहरुले चितवनलाई सेल्टरका रुपमा प्रयोग गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
 
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्न्यात गत महिना चितवनबाट  पक्राउ परे । चितवनमै लुकिछिपी बस्दै आएका उनलाई सीआईबीले चितवनबाट पक्राउ गरी राजधानीमा सार्वजनिक ग¥यो ।
 
यस्तै, रुपन्देहीका व्यापारी बलु पौडेलको हत्यामा आरोपितमध्येका एक नवलपरासी सुनवल–८ बस्ने ३६ वर्षीय पदम चौधरी पनि चितवनकै विकट पहाडी क्षेत्र यौरालीटारबाट पक्राउ परे ।
 
यस्तै, गौचन हत्याका मुख्य सुटर भनिएका श्याम लामा गम्बे पनि चितवनको भरतपुर–१३ बाट पक्राउ परे । एक हप्तादेखि सीआईबीको टोलीले लामाको पिछा गरिरहेको थियो ।
 
भरतपुरबाट आठ किमी पश्चिममा रहेको गाउँबस्तीबाट गुम्बे पक्राउ परेका हुन् । प्रहरीका अनुसार लामा ‘सार्प सुटर’ हुन् । अर्का सुटर अमरबहादुर राणा भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।
 
नेपालको सुरक्षा अवस्थालाई नै चुनौती दिने गरी भएका दुई घटनाका मुख्य आरोपितहरु चितवनबाट पक्राउ परेपछि अभियुक्तहरुले चितवनलाई सुरक्षित सेल्टरका रुपमा प्रयोग गरेको पुष्टि भएको छ ।
 
अपराधपछि प्रहरीको आँखा छल्नका लागि एक महिनाको अवधिमा तीन मुख्य उपलब्धि प्रहरीले चितवनबाटै प्राप्त गरेको छ । चितवन प्रहरीले भने अपराधपछि लुक्ने तथा भाग्ने क्रममा चितवनलाई केही दिनको लागि बसाईं क्षेत्र बनाउने गरेको बताएको छ ।
 
चितवन प्रहरीका एक अधिकृतका भनाइमा अरु आरोपित पनि चितवनमै लुकेर बसेको आशंकामा विभिन्न टोली बनाएर खोजी कार्य भइरहेको छ ।
 
चितवन देशको मध्य भाग रहेको र यहाँबाट भारत जान पनि सहज भएकाले घटना गराएर अभियुक्तहरु चितवन आई लुकिछिपी बस्ने गरेको प्रहरीको निष्कर्ष छ ।
 
“एकसाताअघि मात्रै गौचन हत्याका सुटर गुम्बे चितवन छिरेको भन्ने सूचनाका आधारमा खोजी भइरहेको थियो”, प्रहरीका एक उच्च अधिकृतले भन्छन्, “खोज्दै जाँदा भरतपुर–६ गीतानगरमा रहेका उनी सोमबार भरतपुर १३ स्थित चम्पानगरबाट पक्राउ परे ।”
 
प्रहरीलाई झुक्याउन अभियुक्तहरुले रातारात बास सार्ने गरेका छन् । सीआईबीले सबै घटनाहरुको गम्भीरताका साथ सुक्ष्म अनुसन्धान गरिरहेकाले आफूहरुलाई यस विषयमा खासै जानकारी नभएको चितवन प्रहरी प्रमुख एसपी दीपक थापा बताउँछन् ।
 
चितवनमा देशका सबैखाले मानिसहरु बसोबास गर्ने कारण  गाउँघरमा कहाँ के कस्तो मान्छे आउजाउ गर्छन् भनी सधैँ सोधखोज र निगरानी गर्न असमर्थ रहने गरेको एसपी थापाले बताए । शंका लागेको अवस्थामा भने प्रहरीले निरन्तर खोजी गर्ने गरेको उनी बताउँछन् ।
 
नारायणगढबाट भैरहवा सुनौली हुँदै भारत र वीरगञ्ज रक्सौल हुँदै भारत जान दूरी बराबर पर्छ । अभियुक्तहरु चितवनकै माडीबाट पर्सा ठोरी हुँदै पनि भारत नरकटियागंज पुग्ने गरेको एसपी थापा बताउँछन् ।

शेयर गर्नुहोस:

0
Shares