काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए माओवादी अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउनुपर्ने जिकिर गरेका छन् ।
नेता सापकोटाले एमाले र माओवादीबीचको एकता नेताहरुको सम्मान हुने ढंगले गरिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा उनले एमाले–माओवादी पार्टी एकतामा ढिलाई गर्न नहुने जनाएका छन् ।
उनले सरकार गठनको विषयलाई जोड्दै सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजीनामा दिएर मार्ग प्रसस्त गरिदिन दबाब दिएका छन् ।
उनले भने, “निर्वाचनमा पराजय भएर पनि पदबाट राजीनामा नदिएर प्रधानमन्त्री देउवाले नयाँ सरकार गठन गर्न अवरोध गरिरहेको छ । अब देउवाले तत्काल राजीनामा दिएर वाम गठबन्धनलाई सरकार बनाउन मार्ग प्रसस्त गर्नुपर्छ ।”
प्रतिक्रिया