मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कवि तथा पत्रकार बरालका साथ आइतबार श्रष्टा साँझ हुँदै

कवि तथा पत्रकार बरालका साथ आइतबार श्रष्टा साँझ हुँदै


टेक्सस(अमेरिका)- श्रष्टम साँझ श्रृङ्खला अन्तरगत आगामी आइतबार वरिष्ठ पत्रकार तथा साहित्यकार तारा बरालसँग अन्तरकृया हुने भएको छ ।
 
नियमित कार्यक्रम अन्तरगत कविता, गीत, र गजल वाचनका साथै “नेपाली भाषा र साहित्यको विकासमा पत्रकारिता र पत्रकारको योगदान” विषयमा उक्त अवसरमा विशेष अन्तरक्रिया हुने आयोजक प्रभात दीक्षितले जानकारी दिए ।
 
आगामी डिसेम्बर १७ तारिक आइतबार अपरान्ह ४ बजेदेखि युलेसस्थित फिस्टेल रेष्टुरामा उक्त कार्यक्रम हुनेछ ।
 
२०३३ साल देखि झापाको पत्रकारिता र साहित्यको विकासमा विशिष्ट योगदान दिनुका साथै गोरखापत्रको प्रधान सम्पादक र नेपाल टिभीको अध्यक्ष भएर नेपाली भाषा र साहित्यको विकासमा राष्ट्रिय तहमा समेत आफ्नो योगदान दिनुभएको श्रस्टा बराल सो अन्तरक्रियाको विशिष्ट व्यक्तित्व रहनुहुने दीक्षितले बताए । बराल हाल ह्युस्टन, अमेरिकामा बसोबास गर्दै आएका छन् ।
 
साथमा नेपाल र अमेरिकामा पत्रिका, रेडियो र टिभी मार्फत नेपाली साहित्यमा निरन्तर योगदान दिई रहनु भएकी अर्की श्रस्टा बिटु केसी बराल आफ्ना मुक्तकहरू सहित सहभागिता जनाउने कार्यक्रम छ ।
 
समस्त श्रस्टाहरूलाई यो कार्यक्रममा आफ्नो रचना सहित सहभागिता हुन् र सबै पत्रकार बन्धुहरूलाई यो अन्तरक्रियामा आफ्नो सशक्त सहभागिता जनाउन आयोजक संस्थाका तर्फबाट दीक्षितले आग्रह गरेका छन् ।

शेयर गर्नुहोस:

0
Shares