गोरखा– सर्वाधिक चर्चामा रहेको गोरखा क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका डा बाबुराम भट्टराईले अग्रता बढाउँदै लगेका छन् । उनले कम्युनिष्ट गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठको सुरुवाती अग्रतालाई तोड्दै आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् ।
शुक्रबार बिहान सवा ११ बजेसम्म सार्वजनिक गरिएको मत परिणामअनुसार उनी श्रेष्ठभन्दा एक हजार २१६ मतले अगाडि छन् । प्रतिनिधिसभातर्फ गणना भएका मतमध्ये डा भट्टराईले ७ हजार ५२० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्रेष्ठले ६ हजार ३०४ मत ल्याएका छन् । अहिलेसम्म कुल १४ हजार ७७१ मत गणना गरिएको छ ।
गोरखामा प्रदेशसभा तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन मंसिर २१ गते सम्पन्न भएको थियो । एक महिनाअघिदेखि कसले बाजी मार्छ भन्ने विषयले चर्चा पाइरहेको थियो ।
प्रतिक्रिया