मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रतिबद्धता पूरा नभए दण्ड दिनूस् : उम्मेदवार श्रेष्ठ

प्रतिबद्धता पूरा नभए दण्ड दिनूस् : उम्मेदवार श्रेष्ठ


पदमपुर– मंसिर २१ गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार जीतनारायण श्रेष्ठले आफ्नो चुनावी कार्यक्रमलाई तीव्रता दिएका छन् । 
 
मंगलबार कालिका नगरपालिकाअन्तर्गत वडा नम्बर ४ र ५ पदमपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । श्रेष्ठले मंगलबार ९९ वर्षीया वृद्धा आमाको आर्शीवाद लिँदै घरदैलो सुरू गरेका हुन् । 
 
जनताको चाहनाअनुसारको उम्मेदवार पाएको भन्दै स्थानीय ध्रुव भट्टराई र सुजन भट्टराई उत्साहित रुपमा प्रचारप्रसारमा जुटेका थिए । सो अवसरमा बोल्दै श्रेष्ठले जनताको मतको कदर गर्दै विकास निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । 
 
उनले भने– ‘अबको ९ दिन काँग्रेसलाई जिताउन लाग्नुस्, हामी पाँच वर्ष यहाँहरुको सेवामा लाग्ने छौँ ।’ अहिलेका प्रतिबद्धता पूरा नभए अर्कोपटक यहाँहरुले दण्डित गर्न सक्नुहुनेछ भन्दै श्रेष्ठले काँग्रेसको नेतृत्वमा मात्रै विकास पाउने भन्दै अहिलेको निर्वाचनमा जनताले विवेक पु¥याउन आवश्यक रहेको बताए । 
 
काँग्रेस चितवनका सभापतिसमेत रहेका श्रेष्ठ अहिले देशमा विद्यमान बेरोजगारी समस्या समाधान र दिगो शान्तिका लागि काँग्रेस आवश्यक रहेको बताए । आफू सोही क्षेत्रमा हुर्किएको बताउँदै उनले यस क्षेत्रको सडक सञ्जाललाई विस्तार गर्दै उच्चस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे । 
 
काँग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनका लागि पनि काँग्रेसको जीत सुनिश्चित भएकाले इमान्दार नेता तथा उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । कांग्रेससँग लोकतान्त्रिक गठबन्धनका साझेदार राप्रपा (प्रजातान्त्रिक)का नेताहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो । 
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।