चितवन– चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं उम्मेदवार एवं वनमन्त्री विक्रम पाण्डेको भरतपुर २२ पटिहानी टाउनमा भव्य स्वागत गरिएको छ ।
लोकतान्त्रिक गठबन्धनको चुनावी घरदैलो कार्यक्रमका लागि पटिहानी पुगेका पाण्डेलाई त्यहाँका स्थानीयले भव्य स्वागत गरेका हुन् ।
पाण्डे चितवनवासीको हित चाहने र विकास निर्माणका लागि सधैँ अग्रसर रहेको स्थानीयले बताएका थिए । घरदैलोका लागि क्षेत्र नं ३ प्रदेशसभा (ख) का नेपाली कांग्रेसका उम्मेदवार साजन महतो, नेपाली कांग्रेसका क्षेत्रीय सभापति लालबहादुर दवाडीलगायत नेपाली कांग्रेस र राप्रपा प्रजातान्त्रिकका कार्यकर्ता एवं नेताहरुको सहभागिता रहेको थियो ।
मेरो टोलमा बम राख्ने काम गरियो
लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेले आफना सहपाठीलाई लगाएर आफनो टोलमा घरनजिक बम राख्ने काम गरिएको बताएका छन् ।
भरतपुर–१९, इमानसिंह चोक सिमलडाँडामा प्रकृति आमा समूहले आयोजना गरेको एक विषेश कार्यक्रममा पाण्डेले यस्तो बताएका हुन् ।
कार्यक्रममा क्षेत्र नं ३ प्रदेशसभा (क) तर्फका उम्मेदवार दिनेश कोइराला, नेपाली कांग्रेसकी पूवंसांसद विष्णु परियार, नेपाली कांग्रेसका चितवनका पूर्वसभापति पृथ्वीमान गुरुङ, क्षेत्रीय सभापति लालबहादुर दवाडीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया